Alag Dhar

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ।

यस अघि उपाध्यक्ष र एक कार्यकाल सञ्चालक समितिको सदस्यको अनुभव प्राप्त गरिसक्नु भएका प्रधान २३ औं क्याम्पस परिषदबाट अध्यक्ष पदमा मधुसुदन रायमाझीले दिनु भएको उमेदवारी फिर्ता लिनु भएपछि प्रधान निर्विरोध हुनु भएको हो ।

प्रत्यक्ष निर्वाचित हुने विधिअन्तर्गत समितिका सदस्यहरुमा राजिव कुमार स्याङ्दान, हिरेन्द्र कुमार रायमाझी, मनोज अधिकारी, सुदर्शन कार्की, सगुन कुमार ढकाल, रिता प्रधान, केदार कार्की, सहदेव ढकाल, बलराम थापा र राजकुमार केसी निर्विरोध हुनु भएको निर्वाचन अधिकृत निरञ्जन अधिकारीले जानकारी दिनुभयो ।

निर्विरोध निर्वाचित अध्यक्ष प्रधानले स्वीकारोक्ति मन्तव्य राख्दै स्नातक तहको लागि उत्तरी मकवानपुर कै एक मात्र क्याम्पस भएको हुँदा सबैले साझा ढंगले लिनु सबैलाई आग्रह गर्नुभयो । एक करोड बढी भुक्तानी दायित्व रहेको क्याम्पसलाई आत्मनिर्भर बनाउन निकै चुनौती रहेको बताउदै प्रधानले सञ्चालक समितिले तत्काल पञ्छ वर्षिय योजना बनाइ अघि बढ्ने बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका सांसद कुमारी मुक्तानले सीपमूलक शिक्षामा जोड दिएर विद्यार्थी बढाउने अभियानलाई महत्त्व दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अवसरमा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले स्थानीय सरकारले क्याम्पसलाई विशेष महत्त्व दिएकोमा धन्यवाद दिदै जिससले आवश्यक समन्वयका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष बिष्णु बहादुर विष्टले आफूले सधैंव आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । क्याम्पसका कारण घरघरमा स्नातक गर्नेहरुको संख्या बढेकोमा खुसी व्यक्त गर्दै सबैले क्याम्पसको संरक्षण र संवर्धनमा लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपाका प्रदेश सदस्य अरुण रायमाझी, तत्कालीन दामन पालुङ आर्थिक विकास सहयोग समिति अध्यक्ष श्यामभक्त श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि राजमान महर्जन, बेलायतका पूर्व एनाआरएन अध्यक्ष चिरञ्जीवी ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि।का अध्यक्ष कृष्ण बहादुर बिष्ट, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, क्याम्पसका पूर्व लेखापाल मधुसुदन रायमाझीलगायतले क्याम्पसले उत्तरी मकवानपुरको शैक्षिक विकासका लागि पुर्‍याएको योगदानको कदर गर्नुभयो ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष विष्णु बहादुर विष्टले नीति तथा कार्यक्रम, कोषाध्यक्ष विमल कुमार ढकालले आर्थिक प्रतिवेदन, क्याम्पस प्रमुख राजन मिश्रले पेश गर्नु भएको प्रगति प्रतिवेदन पारित भएको छ । सभाले क्याम्पसको विधान संशोधन गर्दै प्रत्येक ४ वर्षमा क्याम्पस सभा बस्ने, सभाले परिषद गठन गर्ने र परिषदले सञ्चालक समिति गठन गर्ने व्यवस्था गरिएको छ । यस अघि क्याम्पस सभाको परिकल्पना थिएन । अब परिषदको संख्या २ सय २२ बाट घटेर ९१ कायम गरिएको छ । सञ्चालक समितिमा भने २ मनोनीत सदस्य थप गरि २१ पुर्‍याइने छभने उपाध्यक्ष र कोषाध्यक्ष सञ्चालक समितिको बैठकले निर्वाचित गर्ने व्यवस्था छ ।

परिषदको अवसरमा क्याम्पसमा योगदान पुर्‍याउनु हुने र राम्रो नतिजा ल्याएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विधान संशोधन प्रस्तावमा तत्कालीन क्याम्पस अध्यक्ष सानोभाइ कार्की, परिषद सदस्य अरुण रायमाझी लगायतले सुझाव दिनु भएको थियो ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.