Alag Dhar

सुनकोशी गाउँपालिकाद्धारा दशैको अवसरमा शुभकामना आदानप्रदान,पत्रकार पौडेल सम्मानित

सिन्धुपाल्चोक ,१ कार्तिक
सुनकोशी गाउँपालिकाले विजया दशमी , शुभ दिपावली , नेपाल संवत् , छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।सोही अवसरमा सुनकोसी गाँउपालिकाद्वारा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौडेललाई ’सिन्धु पत्रकारिता सेतो बाघ’ ले सम्मान गरिएको छ ।

अध्यक्ष टपिन्द्र तिमल्सिना , उपाध्यक्ष कान्छी तामाङसहित अन्य जनप्रतिनिधिले उहाँलाई दोसल्ला ओडाएर सम्मान गरेका छन्। ०४९ सालबाट राससबाट पत्रकारिता सुरु गरेका पौडेल नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति समेत छन् ।
सम्मानित पत्रकार ऋषिराम पौडेलले पत्रकारिता कमाई गर्ने पेशा नभएको र आय आर्जन गर्ने भए व्यापार व्यवसाय तिर लाग्न सुझाव दिदै समाज परिर्वतनका लागि दिनरात नभनि स्वतस्फुर्त रुपमा समाज सेवा गर्न जिल्लाका पत्रकारहरुलाई सुझाव दिनुभएको छ । 

यस्तै पालिका अध्यक्ष तिमल्सिनाले समस्त चाड पर्वहरुको सुखद उपलक्षमा आमन्त्रित उपस्थित सवैमा सुख शान्ती समृद्धि सुस्वास्थ्य र दिर्घ जीवनको शुभकामना प्रकट गदै पालिकाको विकास निमार्णमा तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। सोहि कार्यक्रमलाई सम्बोधन गदै पत्रकार महांसघ अध्यक्ष जीवन श्रेष्ठले कुनै पनि भेदभाव नगरी सबैलाई समान ढंगले न्यायोचित सम्मान गरेकोमा पालिकालाई धन्यवाद दिनुभयो ।

सुनकोशी गाउँपालिकाले पौड्यालले जिल्लाको दुर्गम भेगमा दुई दिनसम्म हिँडेर गरेको पत्रकारिता स्मरण गराएको छ ।पालिकाले पौड्यालसहित सामुदायिक र निजी बोर्डिङका प्लस टु र एसईईका गरी १० उत्कृष्ट नतिजा ल्याउने विधार्थी र गा.पा.मा कार्यरत दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरेको छ ।

कार्यक्रममा पालिका प्रमुख ,उपप्रमुख , अन्य राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु ,वडा अध्यक्ष ,सदस्यहरु ,कर्मचारी ,सञ्चारकर्मिहरु र गाउँपालिका वासीहरुको उपस्थिति रहेको कार्यक्रममा सबैले एक आपसमा शुभकामना साटासाट गरेका थिए ।

मुख्य समाचार

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

हेटौंडा । राष्ट्रिय युवा सङ्घले स्थापना दिवसको अवसरमा जिल्ला युवा सङ्घ नेपाल मकवानपुर ले हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालय...
हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

  हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाले आफ्नाे वडाभित्रका सामुदायिक तथा संस्थागत विध्यालयका विध्यार्थीलाई विभिन...
आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.