Alag Dhar

काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा, तराइमा केही दिन गर्मी बढ्ने

काठमाण्डौ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै इलाममा ६७ मिलिमिटर वर्षा मापन भएको छ ।

विषेश गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा केन्द्रित बनेको छ । महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग साथै बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ । यो क्रम भोलिसम्म नै रहने अनुमान छ । तर ठूलो वर्षा भने हुने देखिँदैन ।

यसैबिच मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

ठूलो वर्षाको सम्भावना नभएकोले बाढी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माणसम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.