Alag Dhar

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ ।

नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत् प्रणाली र कपडा बुन्ने तानहरूको मर्मत सम्भार गरी आज परीक्षण उत्पादन शुरु गरिएको हो । लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ ।

चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना भई २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो । सरकारले गएको असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनामार्फत मर्मत तथा सरसफाइको काम अघि बढाइएको थियो ।

परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ । यसैबिच प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज बिहान ५ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कमा इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनुभएको छ ।

नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ । प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ ।

मुख्य समाचार

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उ...
नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

काठमाडौं । नेपाल स्की संघको सातौँ साधारणसभाबाट आर्थिक वर्ष २०८३/८४ का निम्ति ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरि...
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाण्डौ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.