Alag Dhar

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने

काठमाण्डौ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पानी परेको छ । बिहान भने वर्षा भएको छैन । आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मुख्य समाचार

साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पूर्वमन्त्रीसम...
गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने

काठमाण्डौ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र ब...
पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

काठमाण्डौ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जितेको छ ...
आज १० जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

आज १० जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाण्डौ । आज १० वटा जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.