Alag Dhar

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डौमा शुरु

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरु भएको छ ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाको अध्यक्षतामा काठमाण्डौको सुकेधारामा भेला शुरु भएको हो । भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डा. शशाङ्क कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ ।

भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ । भोलि र पर्सि बन्दसत्र हुनेछ । पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति, आन्तरिक विवाद, सङ्गठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनीतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ ।

कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्वबीचको दूरीकाबीच आयोजना भएको भेलालाई राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.