Alag Dhar

आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्दो

चौतारा/ कुनै बेला ओझेलमा परेको आयुर्वेद उपचार विधिप्रति पछिल्लो चरणमा भने बिरामीहरूको आकर्षण बढ्न थालेको छ ।
आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि सन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको भीड लागेको हो । पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्र बिरामीको आकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो । आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि चौतारामा भने केही समय देखी आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २१ हजार २ सय ४७ जना सेवाग्राहीले चिकित्सालयबाट विविध स्वास्थ्य सेवा लिएको चिकित्सालयले जनाएको छ । आयुर्वेद तथा वैकल्पिक उपचारप्रति जनताको विश्वास बढ्न थालेपछि चिकित्सालयले पनि थप सेवाहरू सुचारु गरेको डा. अञ्जु कार्कीले बताइन् । चिकित्सालयमा बहिरङ्ग सेवा बाहेक स्तनपायी, पूर्व कर्म, पञ्चकर्म, योग, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्य आहार र ज्येष्ठ नागरिक जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका चिकित्सालयले जनाएको छ । अकुपञ्चर गर्ने बिरामीको संख्या धरै हुन सक्ने भएपनि दक्ष जनशक्तिको अभावमा अकुपञ्चर सेवा भने हाल स्थगन गरिएको डा. कार्कीले जानकारी दिइन् ।
उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले रोग अनुसारको उपचार पद्धति अपनाइएको डा. कार्कीले वताइन् ‘उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको’ डा. कार्कीको भनाइ छ । स्थानीय स्तरमै पाइने विभिन्न जडीबुटीबाट औषधि तयार गरिने भएकाले यी औषधि स्वास्थ्यका लागि लाभदायक हुने आयुर्वेद केन्द्रले जनाएको छ ।
पछिल्लो समय युवाहरू भन्दा पनि ज्येष्ठ नागरिकहरू उपचारका लागि आयुर्वेद जान थालेका छन् । एक प्रकारले चिकित्सालय महिला र ज्येष्ठ नागरिकहरूको उपचारको केन्द्र नै बनेको डा.कार्कीले बताइन् । हुन पनि तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १३६४ जना पुरुष र १३६९ जना महिला गरि जम्मा २७३३ जना ज्येष्ठ नागरिकले सेवा लिएको छ । गत आर्थिक वर्षमा जम्मा २२५१ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।
पछिल्लो समय चिकित्सालयमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सालयले पनि अस्पताल निर्माणका लागि पहल थालेको छ । हालको चिकित्सालय बस्तीबाट अपायक ठाउँमा रहेको कारण पायक पर्ने ठाउँमा चिकित्सालयका लागि जग्गा खोजी गरिरहेको जनाएको छ । चिकित्सकसहित झण्डै ११ जनाको दरबन्दी रहने सो अस्पतालका लागि झण्डै सात रोपनी जग्गाको आवश्यक पर्ने र जग्गाका लागि नगरपालिकाले खोजी कार्य गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले बताइन् ।

मुख्य समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

मकवानपुर । पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने ...
रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.