Alag Dhar

आँखा शिविरमा १४३ जनाको शल्यक्रिया

चौतारा — सिन्धुपाल्चोकको विभिन्न बस्तीका १३ वर्षीया दृष्टिविहीनसहित १४ सय भन्दा बढी आँखाका बिरामीको निःशुल्क उपचार गरिएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १३ देखि ९३ वर्ष उमेरका बिरामीको मोतियाबिन्दु तथा टेरिजिएमको शल्यक्रिया गरिएको छ । टेरिजिएम आँखाको नानीमा ऐजेरुजस्तै मासु पलाउने समस्या हो ।

शिविरमा आएकी सबैभन्दा कम उमेरकी भोटेकोशी गाउँपालिका-४ नारायणस्थानकी १३ वर्षीया रेविता थामीको दुवै आँखामा रहेको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

आँखा विशेषज्ञ आशिषराज पन्त भन्छन्, ‘मोतियाविन्दु भएको लगभग तीन वर्ष भएको रहेछ, ‘अब उनले राम्ररी देख्न सक्नेछिन् ।’ शल्यक्रियाअघि अँध्यारो र उज्यालो मात्र थाहा पाउने गरेको थिइन् । उनको १० वर्षको उमेरमा मोतियाविन्दु भएको अनुमान चिकित्सकले गरेका छन् । पन्तले भने, ‘समयमा उपचार भएकाले आँखा देख्न सक्ने भएकी छन् । यो असामान्य घटना हो ।’ उनका अनुसार आँखाको भित्री भागमा इन्फेक्सन भएमा बढ्दै गएर मोतियाविन्दुका रूपमा लिने बताए । बालिका थामीले सुरुमा आँखा राम्ररी देखे पनि विस्तारै बन्द जस्तै भएको थियो । चिकित्सक पन्तले शिविरमा एक्लै एकै दिन ८० जनाको मोतियाविन्दुको शल्यक्रिया गरेका थिए । शिविरमा १ सय ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।

सुनकोशी–इन्द्रावती समाजको आयोजना तथा बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र शिक्षण अस्पताल महाराजगन्जको प्राविधिक सहयोगमा सञ्चालन भएको दशदिने शिविरमा बस्तीबस्तीमा पुगेर १४ सय जना आँखाका बिरामीको उपचार गरिएको छ । शल्यक्रिया गर्ने बिरामीलाई बाह्रबिसे शिविरमा ल्याइएको थियो भने अन्य बिरामीलाई स्थानीय गाउँमा भेला लगाएर उपचार गरिएको थियो । आयोजक समाजका अध्यक्ष भुपेन्द्र थापाका अनुसार शल्यक्रिया गर्नु अघि जिल्लाको लिसंखु पाखर र भोटेकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाका बस्तीमा आँखामा चिकित्सकले बिरामी जाँच गरेका थिए ।

उपचारका क्रममा मोतियाविन्दु तथा आँखाको नानीमा मासु पलाउने(टेरिजिएम) का बिरामी स्क्रिनिङ गरेर बाह्रबिसेको शिविरमा ल्याइएको थियो । जिल्लाको सिलढुंगा, डाँडाकटेरी, चाकु, नारायणस्थान, दुगुना, लिस्ती, सेबुङ, घिप्चे, घुमथाङ तातोपानी, मानेश्वाँरालगायतका बस्तीमा स्थानीय भेला गराएर सामान्य आँखा जाँच, उपचार तथा औषधि वितरण गरिएको जानकारी थापाले दिए । स्थानीय विकट बस्तीमा गरिएको स्क्रिनिङका क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई तीन दिन बाह्रबिसे शिविरमा राखेर उपचार गरिएको थियो ।

माथिल्लो भोटेकोशी पावर कम्पनीको विशेष आर्थिक सहयोग तथा स्थानीय तहकोसमेत समन्वय एवं सहयोगमा भएको शिविरमा लायन्स क्लबका प्रकाश पौडेलको व्यवस्थापनमा चिकित्सकको टोली जिल्ला गएको थियो । आँखाको उपचार तथा शल्यक्रियामा संलग्न चिकित्सकहरूलगायतका स्वास्थ्यकर्मीहरूको टोलीको नेतृत्व भने आँखा विशेषज्ञ पन्तले गरेका थिए ।

शिविर सञ्चालन हुनुअघि स्क्रिनिङ क्याम्पमा दृष्टि विशेषज्ञ सञ्जीव भट्टराईसहितको ४ जनाको टोलीले सहयोग गरेको थियो । गाउँका एकै स्थानमा झन्डै दुई सय बिरामीको आँखा जाँच गरिएको थियो । समाजले बाह्रबिसेमा भएको शिविरमा बिरामीलाई खान, बस्न र औषधि वितरण नि:शुल्क गरेको थियो । बिरामीको आवश्यकताअनुसार कालो चश्मा पनि वितरण गरिएको थियो ।

मुख्य समाचार

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

हेटौंडा । राष्ट्रिय युवा सङ्घले स्थापना दिवसको अवसरमा जिल्ला युवा सङ्घ नेपाल मकवानपुर ले हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालय...
हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

  हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाले आफ्नाे वडाभित्रका सामुदायिक तथा संस्थागत विध्यालयका विध्यार्थीलाई विभिन...
आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.