Alag Dhar

चौतारा अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र

केशव अधिकारी

चौतारा – विश्व रेडक्रस दिवसको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा ‘रक्त सञ्चार सेवा केन्द्र उद्घाटन तथा खुला रक्तदान कार्यक्रम’ गरिएको छ । चौतारा अस्पताल परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन गरेका हुन्। नगरपालिकाले केन्द्रमा आवश्यक जनशक्ति र प्रविधिको व्यवस्था गरेको छ भने भवन सुविधा चौतारा अस्पतालले उपलब्ध गराएको हो।

नगरप्रमुख सापकोटाले उद्घाटन समारोहमा बोल्दै नगर क्षेत्रभित्र सुरक्षित रक्त आपूर्तिको सुनिश्चितताका लागि यस्तो सेवा केन्द्र आवश्यक रहेको बताए। रगत आवश्यकता परेपछि मात्र खोज्ने वस्तु नभइ यसको लागि पूर्वतयारी आवश्यक हुने भन्दै उनले सेवा केन्द्रले आकस्मिक अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशव राज गिरीले अस्पतालमा आएका रगत अत्यावश्यक परेका विरामीहरुलाइ रगत खोज्न कठिन हुने र अस्पताललाइ समेत कठिनाइ हुने गरेको र त्यस्तो अवस्थामा अस्पताका कर्मचारी र सुरक्षा निकायका व्यक्तिहरु तथा अन्य रक्तदाताहरुबाट रगत लिइ विरामीलाइ दिनुपर्ने वाध्यताअव हट्नेमा आफू विश्वस्त रहेको वताए । यस कार्यमा सहयोग गर्ने सवैलाइ धन्यवाद व्यक्त गरे ।

उद्घाटनसँगै आयोजित खुला रक्तदान कार्यक्रममा चौताराका स्थानीय बासिन्दाले उत्साहपूर्वक रक्तदान गरेका छन् । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्यकर्मी, स्थानीय सामाजिक संस्था, रेडक्रस प्रतिनिधि तथा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रत्येक वर्ष मे ८ मा मनाइने विश्व रेडक्रस दिवसको उद्देश्य आपतकालीन सेवा, स्वास्थ्य सुरक्षा तथा मानवतावादी सेवामा रेडक्रसको योगदानप्रति सम्मान प्रकट गर्नु हो। सोही सन्दर्भमा स्थानीय सेवा प्रवाह सुदृढ गर्न चौतारा साँगाचोकगढी नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो। रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आएसँगै अब चौतारा क्षेत्रका नागरिकलाई आकस्मिक रक्त आवश्यकतामा सहज पहुँच हुने विश्वास गरिएको छ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.