Alag Dhar

सरकारी वकिलको कार्यालयमा दुई करोड सात लाखको क्षति

मकवानपुर । सप्तरीको सरकारी वकिलको कार्यालयमा दुई करोड सात लाख बराबरको क्षति भएको छ ।जेनजीको आन्दोलनको क्रममा लुटपाट, तोडफोड र आगजनी भएपछि कार्यालय प्रयोजनका लागि भएको कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, मोनिटर, प्रोजेक्टर, क्यामरा, ल्यापटप, इनभटर, सिसी क्यामरा, एसी, फ्रिज, पावर बोर्ड, हिटर, सिलिङ फ्यान, दराज कुर्सी टेवल, दराजलगायत सामग्री जलेर नष्ट भएपछि उक्त रकम बराबरको क्षति भएको हो ।

आगलागीका कारण कार्यालयको भवनको झ्याल, ढोका, वाइरिंग तथा भित्ताहरू पूर्ण रूपेन क्षति भएको कार्यालयका सह न्याधिवक्ता सुदिप कुमार दंगालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आगलागीमा सबै जलेर सखाप भयो । आठ कोठामा सञ्चालनमा रहेको कार्यलयमा आगलागी भएपछि अर्को भवनको तीनकोठामा कार्यालय सञ्चालन गर्दै आएका छौँ । कर्मचारीलाई बस्न र काम गर्न एकदमै समस्या छ ।’’

पुरानो फाईलहरू सबै जलेर सखाप भए पनि चालू आर्थिक वर्षको ८५ देखि ९० प्रतिशत फाइल जोगाउन सफल भएको कार्यालयका नायब सुब्बा धिरेन्द्र यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कार्यालयमा पार्किङ गरेर राखेको सप्तरी जिल्ला अदालत दुई वटा चारपाग्रे र उच्च अदालतको एउटा चारपाग्रे गरी तीनवटा गाडी, सरकारी मोटरसाइकल एउटा र नीजि मोटरसाइकल दुईवटा गरि ६ वटा सवारी साधन जलेर पूर्ण रूपेन क्षति भएको छ ।’’

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.