Alag Dhar

केरा किसान आन्दोलित, माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

मकवानपुर । भारतबाट ठुलो परिमाणमा केरा आयात भएपछि स्वदेशी उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लक्खु प्रसाद यादवका अनुसार संघले माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

भारतबाट ठुलो परिमाणमा सस्तो केरा आयात हुन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् । आफ्नो उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै नवलपरासी केरा उत्पादक संघले चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

किसानहरूले भारतीय केरा आयात रोक्ने उद्देश्यले आन्दोलनका क्रममा भारतीय नम्बर प्लेटका कुनै पनि केरा बोकेका गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । यो कदम उनीहरूले आफ्नो उत्पादनले उचित बजार नपाएको विरोधमा चालेका हुन् ।

किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य र बजार नपाउँदा ठुलो नोक्सानी व्यहोर्नुपरेको भन्दै यदि माग सुनुवाइ नभए केरा सडकमै फ्याँक्ने लगायतका कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने चेतावनी समेत दिइएको छ । केरा उत्पादक संघकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष यादवका अनुसार हामीले पटक–पटक सरकारलाई आग्रह गर्दा पनि समस्या समाधानको पहल नहुनु दुःखद हो । यदि तत्काल भारतबाट हुने केरा आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको बजार व्यवस्थापन नगरिए सम्पूर्ण केरा उत्पादक, व्यापारी र उपभोक्तालाई समेटेर निर्णायक आन्दोलन गर्ने घोषणा गरिएको छ ।

संघले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिए पनि त्यसको कार्यान्वयन नहुँदा किसानहरू मारमा परेको बताएको छ । संघका अनुसार पटक–पटक सम्बन्धित सरकारी निकायमा आग्रह गर्दा पनि समस्या समाधानका लागि कुनै सुनुवाइ भएको छैन । विगत ६ महिनाभन्दा बढी समयदेखि समस्या समाधानका लागि पहल गर्दै आए पनि बेवास्ता गरिएको किसानहरूको गुनासो छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा १८२५ बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ, जसमा कुल ३७४० घरधुरी संलग्न छन् ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.