Alag Dhar

सञ्चालनमा आएको राजविराज बसपार्क पुनः सुनसान

मकवानपुर ।जेनजी समूह, स्थानीय जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय लगायतको प्रयासमा उद्घाटन भएको साँढे चार महिनापछि शनिबार सञ्चालनमा आएको राजविराज बसपार्क आइतबारदेखि पुनः सुनसान बनेको छ ।

यातायात व्यवसायीसँग सहमति हुन नसकेपछि बसपार्क सञ्चालन अन्योल बनेको हो । जेनजी समूह, यातायात व्यावसायि, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू बसपार्क सञ्चालनका लागि आइतबार बसेको बैठकमा सहमति जुटन नसकेपछि बसपार्क सञ्चालन पुनः अन्योल बनेको हो ।

यातायात व्यावसायिहरूले बैठकमा बसपार्क सञ्चालन, उद्घाटन, रूट, व्यवस्थापन तथा सडक बिषय गरी पाँच बुँदे ज्ञापनपत्र नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यवाहक नगरप्रमुख परविनले ज्ञापनपत्रको चार बुँदामा सहमति भए पनि एक पटक उद्घाटन भइसकेको बसपार्क पुनः उद्घाटन गर्ने नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उद्घाटन भइसकेको बसपार्क सञ्चालनको कार्यक्रम आयोजना गरेर उद्घाटनमा सहभागी नभएकाहरूलाई सहभागि गराइने छ ।’’

बसपार्क सञ्चालन नभएपछि राजविराजको मुख्य सडकहरूमा बस तथा सवारीसाधन पार्किङ हुँदै आएपछि अस्तव्यस्त सडकमा सर्वसाधारणले सास्ती ब्यहोर्दै आउनु परेकाले राजविराज बसपार्क तत्काल सञ्चालनका लागि सबै नगरवासीलाई आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

चार दशकदेखि बसपार्कविहीन रहेको जिल्लामा १५ करोड ६० लाख रूपियाँको लागतमा निर्माण भएको बसपार्क गत जेठ १५ गते उद्घाटन गरिएको थियोे ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.