Alag Dhar

२९ लाख रुपियाँ बराबरको पटाका बरामद

मकवानपुर । कञ्चनपुरबाट झन्डै २९ लाख रुपियाँ बराबरको पटाका बरामद गरेर नष्ट गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका स्थित वडा –३ का एक स्थानीयको घरमा प्रहरीले छापामार्दा झन्डै २९ लाख रुपियाँ बराबरको पटाका बरामद गरेको थियो ।

विषेश सूचनाका आधारमा स्थानीय खडक पालकोे घरमा छापा मार्दा २८ लाख ९८ हजार ६५० मूल्यको (विस्फोटक पदार्थ) पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले विशेष सूचनाका आधारमा साँझ पालको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा सो परिमाणमा पटाका बरामद गरिएको बताउनुभयो ।

आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठुलो परिमाणमा पटाका बरामद गरिएको जनाएको हो । बरामद गरिएका पटाका खाडलमा नष्ट गरिएको छ । पाललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

तिहारको समयमा विस्फोटक पदार्थ ल्याइने गरेकाले यस्तो गतिविधि नियन्त्रण गर्न जिल्लाभरीका सबै प्रहरी युनिटलाई निर्देशन दिएको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.