Alag Dhar

दसैँपछि अलैँचीको मूल्य वृद्धि

मकवानपुर ।ताप्लेजुङमा खोल्सीको कालो सुनको नामले परिचित अलैँचीको मूल्य दसैँपछि वृद्धि हुँदै आएको छ । दसैँपछि प्रतिमन (४० किलोग्राम) पाँच सय र एकहजार रुपियाँको दरले अलैँचीको मूल्य वृद्धि भइरहेको हो ।

निरन्तर मूल्य वृद्धिको क्रमसँगै शुक्रबार सम्ममा सदरमुकाम फुङ्लिङ बजारमा चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन ८५ हजार रुपियाँ पुगेको छ । फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार शुक्रबार अलैँची प्रतिमन ८५ हजार रुपियाँले कारोबार भएको छ ।

पछिल्लो चार÷पाँच दिनयता अलैँचीको मूल्य दैनिक एक हजार रुपियाँका दरले वृद्धि हुँदै आएको र मनको ८५ हजार रुपियाँ पुगेको व्यवसायी बरालले बताउनुभो । उहाँकाअनुसार ठूलो दाना भएको गुणस्तरीय अलैँचीको मूल्य भने प्रतिमन ९० हजार रुपियाँ सम्ममा कारोबार हुँदै आएको छ ।

भदौ महिनापछि बजारमा निस्किन थालेको अलैँचीको मूल्य सुरुमा प्रतिमन ८८ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । करिव एक महिनासम्म अर्थात भदौभर प्रतिमन ८८ हजार रुपियाँ सम्ममा कारोबार भएको अलैँचीको मूल्य असोज लागेपछि घटेको थियो । फुङ्लिङ बजारका अलैँची व्यवसायी भद्रबिर रेग्मीका अनुसार दसैँ अघिसम्म मूल्य घटेर प्रतिमन ८० हजार रुपियाँमा पुगेको थियो।

अर्लैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीले एक हजार र दुई हजार रुपियाँका दरले मूल्य घटेर प्रतिमन ८० हजार रुपियाँ पुगेको जानकारी दिनुभयो । दसैँ सकिएपछि भने क्रमशः अलैँचीको मूल्य वृद्धि हुन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार थोरै भए पनि मूल्य वृद्धि हुन थालेकाले स्थानीय किसान तथा व्यवसायी उत्साहित बनेका छन् ।

यता नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुँदा मूल्य घट्ने र बढ्नेको टुङ्गो नहुने व्यवसायी बताउँछन् । गत वर्षको तुलनामा यसवर्ष भने अलैँचीको मूल्य सुरुमै राम्रो आएकाले किसान तथा व्यवसायी उत्साहित थिए । दसैँअघि सुरुको मूल्यमा प्रतिमन आठ हजार रुपियाँले मूल्य घट्दा भने किसान तथा व्यवसायी झस्किएका छन् । दसैँपछि फेरि अलैँचीको मूल्य वृद्धि हुन थालेपछि किसान तथा व्यवसायीमा आसा जगाएको उनीहरुको भनाइ छ ।

ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची यहाँका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै क्षेत्रमा खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.