Alag Dhar

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बेलुकी बस्न लागेको त्रिपक्षीय संवादमा जेन–जी समूहका १४ जना प्रतिनिधि सहभागी हुने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुने उक्त बैठकमा सरकार, राजनीतिक दल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूबीच प्रत्यक्ष संवाद हुने तयारी गरिएको छ। सरकारतर्फबाट प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनेछन्।

राजनीतिक दलका तर्फबाट १६ जना शीर्ष नेताहरू उपस्थित हुने कार्यक्रम छ। जेन–जी आन्दोलनपछि पहिलोपटक यस्तो त्रिपक्षीय संवाद हुन लागेको हो। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए, जसपछि संसद्‌बाट नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो।

कार्की नेतृत्वको अन्तरिम सरकार २७ भदौमा गठन गरिएको हो। त्यसयता सरकारले जेन–जी समूह र दलका नेताहरूसँग छुट्टाछुट्टै रूपमा छलफल गर्दै आएको भए पनि आजको बैठक पहिलो औपचारिक संयुक्त संवाद हो।

यसअघि प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते सर्वदलीय बैठक बोलाएकी थिइन्, भने असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले पनि राजनीतिक दलहरूबीच सहमतिको पहलस्वरूप बैठक आयोजना गरेका थिए।

चुनावको तयारीबारे विभिन्न आशंका उठिरहेका बेला प्रधानमन्त्री कार्कीले संवादलाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएकी छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, ‘निर्वाचनलाई सफल र सर्वस्वीकार्य बनाउन प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिलाई एउटै मंचमा ल्याएर विश्वास पुनःस्थापना गर्ने प्रयास गरेकी हुन्।’

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.