२०८२ कार्तिक १२, बुधबार ०७:३६
२०८२ कार्तिक १२, बुधबार ०७:३६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बेलुकी बस्न लागेको त्रिपक्षीय संवादमा जेन–जी समूहका १४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुने उक्त बैठकमा सरकार, राजनीतिक दल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूबीच प्रत्यक्ष संवाद हुने तयारी गरिएको छ। सरकारतर्फबाट प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनेछन्। राजनीतिक दलका तर्फबाट १६ जना शीर्ष नेताहरू उपस्थित हुने कार्यक्रम छ। जेन–जी आन्दोलनपछि पहिलोपटक यस्तो त्रिपक्षीय संवाद हुन लागेको हो। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए, जसपछि संसद्बाट नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला…