Alag Dhar

प्रहरी चौकी आक्रमणमा संलग्न रहेका सात जना पक्राउ

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हुप्सेकोट गाउँपालिका–१ का ३७ वर्षीय नरबहादुर विक, सोही ठाउँका ३२ वर्षीय चुमबहादुर राना, ४२ वर्षका मिनबहादुर थापा, ३८ वर्षका अमरबहादुर कामी, १८ वर्षका ईश्वर सिंह ठकुरी, १९ वर्षका होमबहादुर थापा क्षेत्री र ३८ वर्षका सोवालाल थापा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो ।

आन्दोलनका क्रममा हुप्सेकोट गाउँपालिका–१ बेलुवास्थित प्रहरी चौकीमा अनधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

उनीहरूलाई नवलपुर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार जेनजी आन्दोलनका क्रममा नवलपुरमा नीजि आवास भवन २० वटा, तीन वटा पालिका र ६ वटा वडासहित नौ वटा स्थानीय तहका भवन, पार्टी कार्यालय १६ वटा, दुईवटा प्रहरी चौकी, व्यवशायिक भवन दुई वटा गरी ५० वटा भवनमा आगजनी र तोडफोड भएको थियो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.