Alag Dhar

विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख प्रोत्साहन भत्ता

मकवानपुर । सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

पालिकाले बाल विवाह न्यूनीकरणका लागि २० वर्ष पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने किशोरी तथा विवाह नगरी बसेका महिलालाई उक्त भत्ता उपलब्ध गराउन लागेको हो । बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्‍याउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

त्यस्ता किशोरी तथा अविवाहित महिलालाई उक्त रकम वितरण गर्न गाउँपालिकाले विहिबार १५ दिने सूचना आह्वान गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उक्त भत्ता वितरण गर्न गाउँपालिकाले यो वर्ष पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निवेदन मागेका छौं, कतिको निवेदन पर्छ । परेको निवेदनमाथि छानबिन गरी जनही नगद एक लाख रुपियाँ भत्ता उपलब्ध गराउँछौं ।’

उक्त अवधिभित्र मापदण्ड पूरा गरी निवेदन हाल्ने सबैलाई उक्त भत्ता वितरण गरिने उहाँको भनाइ छ । गाउँपालिकाले कार्यविधि बनाएर आर्थिक वर्ष ०७९-०८० देखि नीति तथा कार्यक्रममा समावेश गरी उक्त कार्य सुरु गरेको हो । तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राहरुको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो ।

उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुगेको छ । ‘हाम्रो पालिकामा किशोरीहरुको तल्लो कक्षामा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो’, उहाँले भन्नुभयो, ‘पारिवारिक आर्थिक विपन्नताका कारण विवाहपछि उनीहरु उच्च शिक्षामा पहुँच पनि कम पाइयो । त्यसैले उनीहरुलाई उच्च शिक्षा पहुँच पुर्‍याई सक्षम नागरिक बनाउन पनि यो कार्यक्रम ल्याएका हौं ।’

त्यस्ता किशोरी तथा महिलाले एक पटक मात्रै उक्त भत्ता पाउने गाउँपालिकाले जनाएको छ । उक्त भत्ता प्राप्त गर्नका लागि अविवाहित रही गाउँपालिकाभित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले गत आर्थिक वर्ष ०८१-०८२ मा दुई जना र आर्थिक वर्ष ०८०-०८१ मा पाँच जना त्यस्ता किशोरी तथा महिलालाई उक्त भत्ता वितरण गरेको थियो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.