Alag Dhar

प्रदेश सरकारले न्यायमुखी काम गरिरहेको छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दाबी गर्नुभएको छ । मङ्गलवार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याव ढलान कार्यको सुरुवात गर्ने कार्यक्रममा मुख्यमन्त्री बानियाँले आगामी बजेट त्यतै लक्षित हुने पनि बताउनुभयो ।

विकाससँगै नागरिकलाई सीप र तालिम प्रदान गरी आय आर्जनसँग जोड्न प्रदेश सरकार लागिरहेको उहाँको भनाइ छ । नागरिकले दिएको मतको अवहेलना नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले निर्वाचनका बेला भ्रम छर्नेहरूदेखि सचेत रहन आम मतदातालाई आग्रह गर्नुभएको छ । अन्तरिम सरकाले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै आउने भएकाले काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वल्याब ढलान सुरुवात कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँवासीलाई आयआर्जन र सीप प्रवद्र्धन गर्दै स्वरोजगार प्रवद्र्धन गर्न गाउँपालिकाले धेरै काम गरिरहेको बताउनुभयो । किसानलाई गाई भैँसी पालनमा प्रोत्साहनको लागि दूध बिक्रीको पैसा समयमै भुक्तानी दिलाउन गाउँपालिकाले दुग्ध डेरीसँग सम्झौता गरी काम गरिरहेको उहाँले बताउनुभयो । दुग्ध किसानलाई अनुदान र समयमै भुक्तानको व्यवस्था गर्दा गाई भैँसी पाल्ने किसानको सङ्ख्या बढेको उहाँको भनाइ थियो । शोकमा परेका विपन्न नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने गरिएको बताउँदै उहाँले यसले गर्दा आम नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताउनुभयो ।

बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउँपालिका–१ तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान सुरु भएको हो । ६ मिटर चौडाइ र ७ सय ३२ मिटर लम्बाई रहेको सडक स्वल्याब ढलान कार्यको मुख्यमन्त्री बानियाँले कङ्क्रिट बिछ्याउन सुरुवात गराउनुभएको हो । ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भई गुनी निर्माण सेवाले सडक निर्माणको काम थालेको हो । मनहरी गाउँपालिका १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सडक स्वल्याब ढलान शिलान्यास कार्यक्रम भएको थियो ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.