२०८२ मंसिर २, मंगलवार ११:५०
२०८२ मंसिर २, मंगलवार ११:५०
मकवानपुर । दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको विद्यालयमा गाभ्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसक्दा नगरपालिका भित्रकै केही विद्यालयमा समस्या देखिएको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष माधव थामी बताउनुहुन्छ । विद्यार्थीको अभावमा विद्यालय ‘मर्ज’ गर्ने नीति कार्यान्वयन गर्न नसक्दा बिसुनटोल आधारभुत विद्यालय, लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविका शिक्षक हाजिर गरेर दिन कटाउन विवश छन् । तीन शिक्षक कार्यरत रहेको भुमरेडाँडा प्राविमा अहिले दुई विद्यार्थी मात्र अध्ययनरत छन् । जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान…