Alag Dhar

भारतबाट भन्सार छलेर ल्याइएको ५ लाख बढीको मटर बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले जेनजी आन्दोलनपछि नेपाल भारत सिमानाबाट हुने गरेको अवैध आयात र चोरी पैठारी रोक्न कडाइ गरेको छ । जिल्लाको खजुराबाट प्रहरीले अवैध रूपले तस्करी गरेर ल्याइएको पाँच लाख भन्दा बढी मूल्यको ४८ क्विन्टल बढी मटर (केराउ) बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सार छली गरेर ल्याइँदै गरेको ५ लाख ७ हजार ७३० रुपियाँ बराबरको ४८ क्विन्टल २९ किलो मटर खजुरा गाउँपालिका–२, गुराँसपुरबाट प्रहरीले बरामद गरेको हो ।

उक्त मटर जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धान पछि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । यसअघि मङ्सिर १ गते भारतबाट राजस्व छलेर ल्याइएको एक लाख ३८ हजार १७० रुपियाँको सुपर पावर सूर्ती, डिउ पेय पदार्थ, जुत्ता र तरकारी पनि प्रहरीले बरामद गरेको थियो ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.