Alag Dhar

बाला चतुर्दशी मेलामा जादा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

मकवानपुर ।पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ ।

साथै मेलामा पकेटमारी तथा लुटपाट हुन सक्ने भएकोले विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ । पितृका नाममा बत्ती बाल्न आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान ९भोलि० भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज गर्छन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.