Alag Dhar

सिमरामा कर्फ्यू जारी, दुई व्यक्ति पक्राउ

मकवानपुर । बाराको सिमरा क्षेत्रमा सुरक्षा सम्वेदनशीलता उच्च बनेपछि आज बिहीबार पनि कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागु रहने छ। कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ पथलैयासम्म र दक्षिणतर्फ जितपुरको लालका पुलसम्म जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बुधबार सिमरा चोकमा जेनजी समूहका युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबिच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो । सोही घटनालाई लिएर थप अशान्ति फैलिन नदिने उद्देश्यले आज पनि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले स्पष्ट पारेको उहाँले बताउनुभयो।

झडपका क्रममा सामान्य हाताहात र ढुङ्गामुढा चलेको छ । घटनाबारे अनुसन्धान अगाडि बढाउँदै जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले थप संलग्नताका आधारमा अन्य व्यक्तिहरूलाई पनि खोजी भइरहेको जानकारी दिएको छ।

सुरक्षा निकायले घटनास्थल आसपासमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। स्थानीयवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । प्रशासनले शान्ति-सुरक्षा कायम राख्न सबैलाई संयमित रहन र सहयोग पुर्‍याउन आग्रह गरेको छ।

यसैगरी हिजो भएको घटनामा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-२ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र सोही ठाँउ वडा ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमरामा दर्ता भएको किटानी जाहेरीका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किटानी जाहेरी दर्ता गराउने सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन् ।” जाहेरी दर्ता भएपछि प्रहरीले प्रारम्भिक बयान लगायत आवश्यक प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.