Alag Dhar

फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते

मकवानपुर । मकवानपुरको हेटौँडामा भएको फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते हुनुभएको छ । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका –५, क्याम्पा डाँडामा जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते हुनुभएको छ ।

बुधवार साँझ हेटौँडाबाट चौघडा जाँदै गरेको बा.प्र.०३–००६ प २०७९ नम्बरको स्कुटरलाई चौघडाबाट हेटौँडा आउँदैगरेको बा ३ च २२४ नम्बरको ल्यान्डक्रुजर गाडीले ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक हेटौँडा –६ हात्तिलेटका २६ वर्षीय युबराज अधिकारी र पछाडि सवार ३० वर्षीय नारायण अधिकारी घाइते हुनुभएको छ ।

उहाँहरुको टाउको र अनुहारमा चोट लागेको छ । हेटौँडा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चुरेहिल अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न जिप र चालक, ललितपुर महालक्ष्मी नगरपालिका –६ सानागाउँका ६१ वर्षीय गंगा लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ । यसैगरी, हेटौँडा –२, मानसचोकमा दुई मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते हुनुभएको छ ।

काँग्रेस चोकबाट कान्ति लोकपथतर्फ जाँदैगरेको ना ३३ प ७२८१ नम्बरको मोटरसाइकल र फापरबारी बसपार्क तर्फबाट पुरानो मकवानपुररोडतर्फ जाँदैगरेको अर्को बा.प्र.०३–००६ प २४३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा रत्ननगर –१४, चितवन घर भइ हाल मकवानपुर हेटौँडा उपमहानगरपालिका –४ थाहाचोक बस्ने ३८ वर्षीय रामशरण कुँवर घाइते हुनुभएको छ । उहाँको बाँया काँधमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, हेटौँडा–१९ शान्नानिटारका २७ वर्षीय उसब खड्का र पछाडि सवार २५ वर्षीय सन्देश डङ्गोल घाइते हुनुभएको छ । उहाँँहरूको नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.