Alag Dhar

एनपिएल : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी

मकवानपुर । साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ ।

जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्प पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

जितसँगै चार खेलबाट आठ अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा छ । सुदूरपश्चिम प्लेअफ नजिक पनि पुगेको छ । समान खेलबाट दुई अङ्क बनाएको लुम्बिनी छैटौँ स्थानमा छ ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अविजित अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४९ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ६९ रन बनाउनुभयो । विनोद प्लेयर अफ दि म्याच बन्नुभयो ।

यस्तै आरिफ शेखले ३९ र क्रिस लेनले १६ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका अविशेष गौतम, रुवेन ट्रम्पलम्यान र तिलक भण्डारीले एक एक विकट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै दीलिप नाथले ३१, डी’आर्की सर्ट र सुमित महर्जनले समान १८/१८ र गुलवदिन नईवले ११ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिनुभयो । यस्तै हेमन्त धामीले दुई तथा स्कट कग्लेइजनले एक विकेट लिनुभयो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.