Alag Dhar

गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण

मकवानपुर । गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बिच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गाजा सहरमा घाइतेको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यसमन्वय कार्यालयका अनुसार तुफाह क्षेत्रमा सोमबार प्राप्त आपत्कालीन खबरपछि उद्धार टोलीले घाइतेलाई सुरक्षित स्थानमा पुर्‍याएका थिए । आह्वानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो टोलीमार्फत १८ बिरामी र तिनका ५४ साथीसहित उपचारका लागि गाजाबाट बाहिर निकासी गरिएको जानकारी दिएको छ ।

संस्थाका अनुसार गाजामा अहिले पनि १६ हजार ५०० भन्दा बढी बिरामीलाई त्यहाँ उपलब्ध नभएको जीवनरक्षक उपचार अत्यावश्यक छ । जाडो नजिकिँदै जाँदा, गाजामा बालबालिकासहित अत्यन्त पीडित जनताका लागि सहयोग विस्तार गर्न मानवीय समुदायले प्रयास तीव्र पारेको छ । गत दुई महिनामा, मानवीय साझेदार संस्थाले जाडोको तयारीका लागि आवश्यक सामग्री दसौँ हजारको सङ्ख्यामा वितरण गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले सबै उपलब्ध सीमा नाका र मार्ग खोल्न पुनः आग्रह गर्दै बिरामीलाई पश्चिम किनारामा उपचार लिन दिनुपर्ने तथा अन्तर्राष्ट्रिय आपत्कालीन स्वास्थ्य टोलीलाई गाजामा निर्बाध प्रवेश गराउनुपर्ने आवश्यकता जोड दिएको छ । पश्चिम किनारामा भने तुबास र जेनिन क्षेत्रमा हालै इस्रायली सैन्य गतिविधि बढेकाले स्थानीय समुदायमा विस्थापन, असुरक्षा, पानी आपूर्ति सञ्जालको क्षति र व्यवसायिक संरचना बन्द हुने जस्ता समस्या बढेको ओसिएचएले जनाएको छ । संस्थाका अनुसार पछिल्ला दुई दिनमै झन्डै दुई दर्जन प्यालेस्टिनी परिवार जबरजस्ती घरबाट हटाइएका छन्, ती घरलाई सैन्य निगरानी चौकीका रूपमा प्रयोग गरिएको छ ।

मुख्य समाचार

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्र...
भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरील...
आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज ११ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा, उदयपुर, मकवान...
विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.