Alag Dhar

Day: २०८२ मंसिर १७, बुधबार १२:०९

‘अपाङ्गता भएकाहरुको प्रतिभालाई मञ्च दिनुपर्छ’

‘अपाङ्गता भएकाहरुको प्रतिभालाई मञ्च दिनुपर्छ’

मकवानपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरुमा भएको कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरले बुधवार ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले हरेक व्यक्तिमा लुकेको प्रतिभा हुन्छ, सो प्रतिभालाई फक्रने अवसर अभिभावक, शिक्षक तथा स्थानीय तहले योजना र लगानीसहित भौतिक तथा सांस्कृतिक वातावरण तयार गर्दै जानुपर्नेमा जोड दिनुभयो । ललितपुर महानगर प्रमुख महर्जनले ललितपुरका अपाङ्गता भएका व्यक्तिहरुको सुविधाका लागि नयाँ बनेका र पुराना संरचनाहरु समेत अपाङ्गतामैत्री बनाउँदै गएको र यातायातको सुविधा, अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरणका लागि गायन, वाद्यवादन, नृत्य र चित्रकला…
Read More
हेटौंडाको सडक विस्तार हुनुपर्छ: सुदन गुरुङ

हेटौंडाको सडक विस्तार हुनुपर्छ: सुदन गुरुङ

मकवानपुर ।लामो समयदेखि अवरोध रहेको बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तारमा विवाद हुन थालेपछि जेनजीहरु पनि चासो देखाउन थालेका छन् । सडक विस्तारको विरुद्धमा हेटौंडाका मेन रोडका व्यवसायी र घरधनीले विरोध गरेपछि जेनजी अगुवा सुदन गुरुङले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको जगमा सुरु भएको विकास निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘धेरै लामो समयदेखि केही तत्त्वहरूले अवरोध गरिरहँदा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा नगर क्षेत्रको सडक विस्तार हुन सकेको थिएन । तर, सम्माननीय सर्वोच्च अदालतको मिति २०८० पुस १७ को ऐतिहासिक फैसलाले स्पष्ट मार्गदर्शन दिएको छ ।’ विगतमा विभिन्न शक्ति केन्द्रको प्रभाव, राजनीतिक…
Read More
हातहतियारसहित एक व्यक्ति पक्राउ

हातहतियारसहित एक व्यक्ति पक्राउ

मकवानपुर । जिल्लाको सरुमारानी गाउँपालिका –६ पाङकोटका एक व्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । मंसिर १६ गते बिहान करिब ५ बजे जंगलतर्फ जाँदैगरेका ४२ वर्षीय मानबहादुर बुढाको साथमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भिंगृ र प्रहरी चौकी बड्डाँडाबाट खटिएको संयुक्त टोलीले बुढाको झोलाबाट भरुवा बन्दुकजस्तै देखिने दुई थान, भरुवा पेस्तोलजस्तै तीन थान, हतियारमा प्रयोग हुने करिब ८० ग्राम बारुदजस्तो पदार्थ, फलामका छर्रा ३५ थान र प्लास्टिकका सिसीहरू बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद सामग्रीसहित बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक…
Read More
कृषकको  आन्दोलनले गर्दा चिनी मिल सञ्चालनमा ढिलाइ

कृषकको आन्दोलनले गर्दा चिनी मिल सञ्चालनमा ढिलाइ

मकवानपुर । उखु कृषकले अनुदान र उखुको समर्थन मूल्यको विषयलाई आन्दोलन तीव्र पारेपछि रामनगरस्थित एभरेष्ट चिनी मिलको चालु क्रसिङ सिजन (०८२–८३) प्रभावित बनेको छ। किसान आन्दोलनका कारण गत वर्षको तुलनामा यो वर्ष ढिलो गरी मात्र मिल सञ्चालन हुने एभरेष्ट चिनी मिलले जनाएको छ । गत वर्ष (०८१–८२) मङ्सिर २६ गतेदेखि फागुन २९ गतेसम्म सञ्चालनमा भएको एभरेष्टले ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको थियो। यस वर्ष किसानको आन्दोलनले निकास नपाउँदा पुसयता मात्रै क्रसिङ हुने सम्भावना रहेको मिलको भनाइ छ । चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यो वर्ष…
Read More
टस लुम्बिनीले जित्यो, विराटनगर ब्याटिङ गर्दै

टस लुम्बिनीले जित्यो, विराटनगर ब्याटिङ गर्दै

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्दैछ । टस हारेको विराटनगरले ब्याटिङको निम्तो पाएको छ । विराटनगरको आज टिममा स्टार ब्याट्म्यान फाफ डुप्लेसीलाई ओपनिङमा खेलाएको छ । विराटनगरले शेहान जयसूर्याको स्थानमा फाफ डुप्लेसीलाई मैदानमा उतारेको हो । अहिले विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको बनाएको छ । लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
Read More
गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण

गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण

मकवानपुर । गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बिच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गाजा सहरमा घाइतेको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यसमन्वय कार्यालयका अनुसार तुफाह क्षेत्रमा सोमबार प्राप्त आपत्कालीन खबरपछि उद्धार टोलीले घाइतेलाई सुरक्षित स्थानमा पुर्‍याएका थिए । आह्वानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो टोलीमार्फत १८ बिरामी र तिनका ५४ साथीसहित उपचारका लागि गाजाबाट बाहिर निकासी गरिएको जानकारी दिएको छ । संस्थाका अनुसार गाजामा अहिले पनि १६ हजार ५०० भन्दा बढी बिरामीलाई त्यहाँ उपलब्ध नभएको जीवनरक्षक उपचार अत्यावश्यक छ ।…
Read More
बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

मकवानपुर । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो । सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपूर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् । यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाडौं, चितवन, पोखरासम्म ढुवानी…
Read More
मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मकवानपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाबाट राजीनामा दिनुभएको छ । बुधबार विश्वासको मतका लागि बोलाइएको मधेश प्रदेश सभाको बैठकबाट विश्वास नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले सभाको बैठकबाटै राजीनामा दिनुभएको हो । यादव कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
Read More
मंसिर २० गतेदेखि सुरु हुन लागेको सडक विस्तारको अभियानमा अवरोध गर्नेलाई कडा कारबाही गर्ने सिडिओको चेतावनी

मंसिर २० गतेदेखि सुरु हुन लागेको सडक विस्तारको अभियानमा अवरोध गर्नेलाई कडा कारबाही गर्ने सिडिओको चेतावनी

मकवानपुर । हेटौंडामा मंसिर २० गतेदेखि सुरु हुन लागेको सडक विस्तार अभियानमा अवरोध गर्नेहरूमाथि कडा कारबाही हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले चेतावनी दिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त अधिकारीद्वारा हस्ताक्षरित सूचना जारी गर्दै प्रशासनले केही व्यक्तिहरूले धाक–धम्की दिने, जबर्जस्ती पसल बन्द गराउने तथा सडक विस्तार अभियानमा अवरोध पुर्‍याउने गतिविधिप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। सूचनामा यस्ता कानूनविपरीत कार्य नगर्न–नगराउन आग्रह गरिएको छ। सडक डिभिजन कार्यालय मकवानपुरले मिति २०८२/०८/०५ मा जारी गरेको सूचना अनुसार सडक विस्तारका सबै तयारी पूरा भएको जानकारी दिँदै प्रशासनले उक्त अभियान सहज रूपमा सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ।
Read More
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

मकवानपुर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ । मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.