Alag Dhar

मंसिर २० गतेदेखि सुरु हुन लागेको सडक विस्तारको अभियानमा अवरोध गर्नेलाई कडा कारबाही गर्ने सिडिओको चेतावनी

मकवानपुर । हेटौंडामा मंसिर २० गतेदेखि सुरु हुन लागेको सडक विस्तार अभियानमा अवरोध गर्नेहरूमाथि कडा कारबाही हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले चेतावनी दिएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त अधिकारीद्वारा हस्ताक्षरित सूचना जारी गर्दै प्रशासनले केही व्यक्तिहरूले धाक–धम्की दिने, जबर्जस्ती पसल बन्द गराउने तथा सडक विस्तार अभियानमा अवरोध पुर्‍याउने गतिविधिप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। सूचनामा यस्ता कानूनविपरीत कार्य नगर्न–नगराउन आग्रह गरिएको छ।

सडक डिभिजन कार्यालय मकवानपुरले मिति २०८२/०८/०५ मा जारी गरेको सूचना अनुसार सडक विस्तारका सबै तयारी पूरा भएको जानकारी दिँदै प्रशासनले उक्त अभियान सहज रूपमा सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.