Alag Dhar

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

मकवानपुर । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो ।

सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपूर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ ।

उनले भने, ‘यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् ।

यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाडौं, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए ।

मंसिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन् । कृषक फलबहादुर थापाले सबैभन्दा बढी रु १६ लाख ५० हजारको सुन्तला बेचेको बताए । उनी सोही वडास्थित सिद्धबेनी माविका पूर्वशिक्षक पनि हुन् ।

स्थानीय तारा थापाले यस वर्ष तीन लाख ८० हजार रुपैयाँ र कालबहादुर रानाले चार लाख रुपैयाँको सुन्तला बेचेको जानकारी दिए । सुन्तला खरिद गर्न ठेकेदार गाउँमा पुग्ने गरेकाले केही सहज भएको उहाँहरूको भनाइ छ ।

‘सुन्तलाको मोलमोलाइ गरेपछि बोट किन्ने प्रचलन छ । मूल्य कायम भएपछि सम्बन्धित ठेकेदारले फल टिप्ने र ढुवानी गरेर लैजाने हुँदा बिक्रीमा सहज भएको छ,’ ताराले भने ।

स्थानीय कृषक मनसिंह थापाले दुई लाख १० हजार रुपैयाँको सुन्तला बेचेका छन् । सुन्तला खेतीगर्न थालेपछि बारीमा बर्सेनि बिरुवा विस्तार गर्न थालेको उनले बताए । दिनबहादुर थापाले तीन लाख रुपैयाँको सुन्तला बेचेका थिए । घरमा फल खरिद गर्ने व्यापारी आउने भएकाले बिक्री तथा ढुवानीको समस्या नभएको उनको भनाइ छ ।

‘सडक असहज हुँदा खरिदकर्ताले गुनासो गर्ने गरेका छन्,’ उनले भने, ‘सडकका कारण खरिदकर्ताले ढुवानीमा कठिनाइ भोग्नु परेको छ ।’

यसवर्ष यहाँका अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको कोटगाउँका दिपक थापाले बताए । उनले भने, ‘पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको छु ।’

बेनीकोटका स्थानीयले यस वर्ष दुई करोड रुपैयाँ बढी सुन्तलाबाट आम्दानी गरेका छन् । सुन्तलाखेतीको रूपमा परिचित यो स्थान सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा पर्दछ ।

मुख्य समाचार

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

काठमाण्डौ । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् । ...
पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.