Alag Dhar

हातहतियारसहित एक व्यक्ति पक्राउ

मकवानपुर । जिल्लाको सरुमारानी गाउँपालिका –६ पाङकोटका एक व्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । मंसिर १६ गते बिहान करिब ५ बजे जंगलतर्फ जाँदैगरेका ४२ वर्षीय मानबहादुर बुढाको साथमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भिंगृ र प्रहरी चौकी बड्डाँडाबाट खटिएको संयुक्त टोलीले बुढाको झोलाबाट भरुवा बन्दुकजस्तै देखिने दुई थान, भरुवा पेस्तोलजस्तै तीन थान, हतियारमा प्रयोग हुने करिब ८० ग्राम बारुदजस्तो पदार्थ, फलामका छर्रा ३५ थान र प्लास्टिकका सिसीहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद सामग्रीसहित बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक युवन कुमार चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा बुधबार प्युठान जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.