Alag Dhar

एमाले महाधिवेशन: मकवानपुरका पाँचै नेता निर्वाचित

मकवानपुर । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा उम्मेदवार बनेका मकवानपुरका पाँचै नेता निर्वाचित भएका छन्।

केपी शर्मा आली प्यानलबाट उम्मेदवार बनेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, महेशकुमार बर्तौला, रामेश्वर राना, भारती पाठक र एकालाल श्रेष्ठ विजयी भएका छन्। बर्तौलाले १ हजार ५३९, रानाले १ हजार ४९८, पाठकले १ हजार ९१५ र श्रेष्ठले १ हजार ५०९ मत प्राप्त गरेका छन्।

बर्तौला, राना र पाठक केन्द्रीय सदस्यमा दोहोरिएका हुन् भने श्रेष्ठ प्रदेश कमिटीबाट केन्द्रमा फड्को मारेका हुन्। यस्तै, लेखा आयोग सदस्यमा नवीन सिग्देल निर्वाचित भएका छन । उनले १ हजार ६१४ मत प्राप्त गरेका छन्।

लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव हुन्। यो सँगै मकवानपुरबाट दुई नयाँ अनुहारले केन्द्रीय कमिटीको यात्रा तय गरेका छन्। त्यसैगरी, ईश्वर पोखरेल प्यानलमा मकवानपुरबाट कृष्ण दाहाल खुल्ला सदस्य र दिलकृष्ण बि.क दलित सदस्यको उम्मेद्धवार बनेका थिए । दुवै जना पराजित भएका छन ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.