Alag Dhar

सेयर बजार बढ्यो

मकवानपुर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो ।

आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । ६३ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने २ को स्थिर रह्यो ।

फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशत घट्यो । होटल तथा पर्यटन समूह स्थिर रह्यो । निर्जीवन बीमा ०.२२ तथा व्यापार ०.४८ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, माइक्रोफाइनान्स ०.४९ र अन्य समूह १.१९ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै सिन्धु विकास बैंकको ९.५६, सीवाईसी लघुवित्तको ४.८७ तथा सप्तकोशी विकास बैंकको ४.४४ प्रतिशत मूल्य बढ्यो ।

बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशत घट्यो । गुहेश्वरी मर्चेन्ट फाइनान्सको ३.१३ तथा मोदी इनर्जीको ३.०२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.