Alag Dhar

नेकपाको केन्द्रीय कमिटी घोषणा पुस २९ गते

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन्।

पार्टीको बाँकी संगठनात्मक संरचना पनि पुस २९ गतेभित्र तयार गरिसक्ने निर्णय भएको अर्का नेता अग्नि सापकोटाले जानकारी दिए।

‘आगामी २९ गते सबै केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोह हुनेछ । आन्तरिक, संगठनात्मक कुराहरु तदारुकताकासाथ गर्ने र २९ गतेसम्म संगठनात्मक संरचनाहरु सबै तयार गरिसक्ने निर्णय भएको छ,’ उनले भने।

कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता हुँदासम्म नेकपामा १६ वटा घटक तथा व्यक्तिहरू समाहित भएका छन्।

मुख्य समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनको कार्यकाल छोटोमै टुंगिएको छ। ल...
कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सज...
सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गए...
बजारमा केराको हाहाकार, भाउ आकासियो

बजारमा केराको हाहाकार, भाउ आकासियो

काठमाण्डौं । नेपाली बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक बढेको छ । खासगरी भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.