Alag Dhar

राष्ट्रिय सभा निर्वाचन: बागमतीका दुई सिटमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा उम्मेदवार

मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका दुई रिक्त सिटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का डा. प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा उम्मेदवार बन्ने निश्चित भएको छ।

नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँड अनुसार बागमती प्रदेशका दुई सिटमध्ये एमाले र कांग्रेसले एक–एक सिटमा उम्मेदवार उठाएका हुन्।

देशभर रिक्त हुने १८ राष्ट्रिय सभा सिटमध्ये सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ। माओवादी केन्द्र (हाल नेकपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ दलहरूले नयाँ समीकरणअनुसार सिट बाँडफाँड गरेका हुन्। सोही अनुसार बागमती प्रदेशतर्फ एमालेबाट डा. दंगाल र कांग्रेसबाट देवकोटालाई उम्मेदवार बनाइएको हो।

नेपाली कांग्रेसले बागमती प्रदेशको महिला सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ। रत्ननगर नगरपालिका–१४ डुम्रीचोक निवासी ५१ वर्षीया देवकोटा विगत ३२ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। हाल उनी कांग्रेस महासमिति सदस्य हुन् भने व्यावसायिक मौरीपालक कृषकसमेत हुन्। एकल महिला देवकोटाले नेविसंघ, तरुण दल र महिला संघमा विभिन्न जिम्मेवारी सम्हालिसकेकी छन्।

एमालेतर्फबाट उम्मेदवार बनेका डा. प्रेमप्रसाद दंगाल पार्टीका केन्द्रीय सदस्य हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने दंगाल यसअघि राष्ट्रिय योजना आयोगको सदस्य तथा २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भइसकेका छन्। उनी अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष र एसियाली किसान मञ्चका अध्यक्षसमेत रहेका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। सोही अनुसार दंगाल र देवकोटाले आजै हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।

निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ भने माघ ११ गते मतदान हुने कार्यतालिका रहेको छ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.