Alag Dhar

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ को विन्दुमा कायम भएको हो।

आज ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ दशमलव ३७ को कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैँक शून्य दशमलव शून्य एक, वित्त दुई दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ३१, जलविद्युत् शून्य दशमलव शून्य सात, लगानी शून्य दशमलव ११, म्युचुअल फन्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव ६७ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव शून्य आठ, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ।

सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९४ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ तीन दशमलव ३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको २६ करोड २४ लाख चार हजार १८४ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी छ लाख ७१ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको छ।

मुख्य समाचार

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.