Alag Dhar

Day: २०८२ पुष ३०, बुधबार ११:४२

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ को विन्दुमा कायम भएको हो। आज ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ दशमलव ३७ को कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा विकास बैँक शून्य दशमलव शून्य एक, वित्त दुई दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ३१, जलविद्युत् शून्य दशमलव शून्य सात, लगानी शून्य दशमलव ११, म्युचुअल फन्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा…
Read More
कांग्रेस बैठक : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल

कांग्रेस बैठक : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन कुमार थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल भएको छ । एक पदाधिकारीले गठनलाई प्रधानमन्त्रीलाई उम्मेदवार बनाउनेबारे बैठकमा छलफल भइरहेको रातोपाटीलाई बताए । यसमा विशेष महाधिवेशन पक्षधर सहमत भएको खण्डमा विवाद मिल्नसक्ने ती पदाधिकारीको भनाइ छ । संस्थापनले यसबारेको प्रस्ताव विशेष महाधिवेशन पक्षधरलाई पठाइसकेको छ । बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ ।
Read More
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं । बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो। एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो । क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो,’ अलजजिराका…
Read More
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता घिमिरे र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन । वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
Read More
माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

मकवानपुर । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको बरालले बताउनुभयो । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन…
Read More
हेटौंडामा तरुल-सखरखण्ड-पिडालुको माग बढ्यो

हेटौंडामा तरुल-सखरखण्ड-पिडालुको माग बढ्यो

मकवानपुर । माघ १ गते मनाइने माघे सङ्क्रान्ती पर्व नजिकिँदै जाँदा तरुल, सखरखण्ड र पिडालुजस्ता परम्परागत परिकारहरूको माग उल्लेख्य रूपमा बढेको छ। माघे सङ्क्रान्तीमा विशेष परिकारका रूपमा यी वस्तु खाने परम्परा रहेकाले अहिले हेटौंडाको तरकारी बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। पर्वलाई लक्षित गर्दै उपभोक्ताहरू आवश्यक सामग्री खरिदमा जुटेपछि बजारमा बिहानैदेखि भीड देखिन थालेको छ। हेटौंडा बजारमा अहिले तराई र मकवानपुरका गाउँगाउँबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको छ ।  व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा तरुल, सखरखण्ड र पिडालुको बिक्री बढेको छ भने माग बढेसँगै केही वस्तुको मूल्यसमेत सामान्य रूपमा बढेको छ। माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु,…
Read More
सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो । गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४…
Read More
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

दाङ । दाङको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका छन् । राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादव समयमै खनेर बजारमा पुर्याउन सके राम्रो मुनाफा हुने भएकाले किसानले सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताए । तीन बिघा जमिनमा सखरखण्डखेती गरेका यादवले एक बिघामा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताए । दुई बिघा जमिनमा रोपेको…
Read More
एसबिआई बैंक लुटेको आरोपमा  चार जना पक्राउ, एक करोड ८० लाख बरामद

एसबिआई बैंक लुटेको आरोपमा चार जना पक्राउ, एक करोड ८० लाख बरामद

मकवानपुर । सिन्धुलीको एसबिआई बैंक लुटपाट भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजेतिर घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा ६ जनाको अज्ञात समूहले लुटपाट गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार ३ करोड १० लाख रुपैयाँ लुटपाट भएको थियो। लुटिएको रकममध्ये एक करोड ८० लाख रुपैयाँ नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको एसपी सुवेदीले जानकारी दिए। बाँकी रकम र यस घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि उनले बताए। ‘६ जनाको समूह गाडीमा आएको र खुकुरी देखाएको भन्ने कुरा छ। खुकुरी बरामद भइसकेको अवस्था होइन,’ एसपी सुवेदीले…
Read More
बालेनले  माघ ४ गते मेयर पदबाट राजीनामा दिने

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ । लगत्तै, त्यहाँबाट उनी मधेश प्रदेश झर्ने बताइएको छ । मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.