Alag Dhar

मगर समुदायले मनाए माघे संक्रान्ति

काठमाडौंं। काठमाडौंं उपत्यकामा बसोवास गर्ने मगर समुदायले भव्यताका साथ माघे संक्रान्ति मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।

जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठुलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जाति हो।

नेपालको प्रायः सबै जिल्लामा बसोवास गर्दै आएका मगरले विभिन्न चाडपर्व भव्यतासाथ मनाउने गर्छन्। माघे सकराती मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सङ्क्रान्तिलाई सम्पूर्ण नेपालीले राष्ट्रव्यापी धुमधामसाथ मनाउने गर्दछन् ।

यसलाई मगर समुदायले माघे सकरातीको नाममा मनाउने गर्छन् । यो विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो। सकरातीमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ। मगर जातिका कूलदेवता वराहथान हो। त्यसकारण सकरातीमा वराहथानको पूजाआजा हुन्छ। माघे सकराती परापूर्वकालदेखि नै मनाउँदै आएको चाड हो।

मगर समुदायमा माघे सकराती एक हप्ता मनाइन्छ । विशेष दिन सकरातीको दिन मनाइए पनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलमा गएर सकरातीको तयारीमा जुटेका हुन्छन्। यो चाड चेलिबेटीको पूजा गरेर दानदक्षिणा दिँदै मनाइन्छ।

चेलीलाई पुज्न माघे सकरातीको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ। तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ।

मुख्य समाचार

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.