Alag Dhar

प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नु भएको हो ।

सुरक्षा व्यवस्था सुदृढीकरण, छिटोछरितो सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ९७ लाख २० हजार रुपियाँ बराबरको दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको हो । राष्ट्रिय बोलपत्र आह्वान गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खरिद गरिएका मोटरसाइकल १६० सिसी क्षमताका एफआई र एबिएस सिस्टमयुक्त छन् ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका प्रमुख सचिव बाबुराम अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रहरी निरीक्षक चूडाकुमारी खड्काले सञ्चालन गर्नु भएको थियो ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.