Alag Dhar

संस्कृत पढ्दै दलित विद्यार्थी

बैतडी । गुरुकुलसहितको संस्कृत भाषा पढाइ हुने सुदूरपश्चिमकै अग्रणी सरस्वती संस्कृत माध्यमिक विद्यालयमा ३९ वर्षदेखि दलित समुदायका विद्यार्थीले संस्कृत पढ्दै आइरहेका छन् । यहाँ २०४३ सालदेखि संस्कृत पढ्दै आइरहेका दलित विद्यार्थीलाई छात्रवृत्ति, पोसाक जस्ता विषयमा अहिलेसम्म कतैबाट पनि प्रोत्साहन भने मिल्न सकेको छैन ।

दशरथचन्द नगरपालिका–६, नकतडीमा रहेको सरस्वती संस्कृत माविमा हरेक वर्ष २० देखि ३० जना संस्कृत पढ्ने विद्यार्थी दलित समुदायका हुन्छन् । विद्यालयमा कक्षा ६ देखि १० सम्म संस्कृत विषयको पढाइ हुन्छ । संस्कृत पढ्ने आधाजति त दलित समुदायका विद्यार्थी छन् ।

यो वर्ष कक्षा ६ देखि १० सम्म संस्कृत पढ्ने ६९ जना विद्यार्थीमध्ये २४ जना दलित समुदायका रहेको शिक्षक दानसिंह कार्कीले बताउनुभयो । तल्लो कक्षामा जेनतेन टिकाएर संस्कृत पढाए पनि कक्षा १० उत्तीर्ण गरेपछि अधिकांश दलित विद्यार्थी माथिल्लो कक्षाको पढाइ छाडेर रोजगारी खोज्न भारत जाने गरेका छन् । सरकारले कक्षा ६ देखि १० सम्म संस्कृत पढाउन विद्यार्थीमाथि ठुलै लगानी गरे पनि आर्थिक अभावकै कारण माथिल्लो पढाइ गर्न नसक्ने विद्यार्थीलाई स्थानीय तह र दलित अधिकारका क्षेत्रमा काम गर्ने कुनै पनि संस्थाले सहयोग नगरेको उहाँको गुनासो छ । यस विद्यालयमा संस्कृत व्याकरण, साहित्य, श्लोक, मन्त्रलगायत नेपाल सरकारले तयार गरेको पाठ्यव्रmम अनुसार पढाइ हुने गरेको प्रधानाध्यापक हरिशरण उपाध्यायले बताउनुभयो । उहाँले सरस्वती संस्कृत माविमा कक्षा १० सम्म भएकाले ११ र १२ मा संस्कृत पढ्न चाहने विद्यार्थीको सपना पूरा हुन नसकेको बताउनुभयो ।

दलितलाई गाउँको विद्यालयमा २०४३ सालदेखि नै संस्कृत पढ्ने सुविधा भए पनि माथिल्लो कक्षा पढ्न कता जाने भन्ने अन्योल हुने गरेको स्थानीय दलित अगुवा बुद्धिवल्लभ धानुकले बताउनुभयो । उहाँले भन्नुभयो, “माथिल्लो कक्षा कहाँ पढ्ने भन्ने अन्योल भएपछि आफ्ना बालबालिकालाई अरू विषय पढ्न लगाएँ । गाउँकै विद्यालयमा पनि गुरुकुलमा बसेर पढ्न कठिनाइ छ भने बाहिर सहज वातारण हुँदैन ।”

संस्कृत पढेर पनि विभेद

बैतडीमा सरस्वती संस्कृत मावि, नकतडी र शङ्कर संस्कृत मावि, मुलखटालीमा करिब चार दशकदेखि संस्कृत विषयको पढाइ हुँदै आएको छ । नकतडीमा २०४३ सालदेखि हालसम्म सयौँ दलित विद्यार्थीले संस्कृत विषय पढे पनि जातीय विभेद भने हट्न सकेको छैन । संस्कृत पढेका दलितलाई नै गाउँमा अहिले पनि समाजले अछुतको व्यवहार गरिरहेको दलित समुदायको गुनासो छ ।

दलित अगुवा वुद्धिवल्लभले गाउँमा अहिले पनि दलित समुदायको ‘घिउ चल्छ, दुध चल्दैनस श्रम चल्छ, पानी चल्दैन’ भन्नुभयो । सामाजिक कुरीतिका रूपमा रहेको जातीय विभेद हटाउन सामाजका प्रबुद्धवर्ग, धर्मगुरु र नागरिक समाजलगायत स्थानीय सरकारले तदारुकता देखाउनुपर्नेमा संस्कृत मावि नकतडीका प्रधानाध्यापक उपाध्यायले जोड दिनुभयो ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.