Alag Dhar

म्याग्दीमा एमालेबाट श्रेष्ठ उम्मेदवार

म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट नेकपा (एमाले) ले पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिव थमसरा पुनले जानकारी दिनुभयो । श्रेष्ठ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) सँग पराजित हुनुभएको थियो ।

श्रेष्ठ बेनी बजार निवासी हुनुहुन्छ । विद्यार्थी अवस्था देखि राजनीतिमा सक्रिय श्रेष्ठ दुई कार्यकाल जिल्ला कमिटी अध्यक्ष, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र हालै सम्पन्न भएको पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

श्रेष्ठसँगै आकाङ्क्षीहरुको जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, युवा नेता प्रकाश पौडेल मजदुर नेतृ बलादेवी राई र महिला नेतृ पशुपति शाहीलाई जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।

उम्मेदवारको निर्णय भएसँगै एमालेले माघ ६ गते मनोनयन तयारी थालको छ । नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी९नेकपा० र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य साना पार्टीहरुको उम्मेदवारको निर्णय हुन बाँकी छ ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.