Alag Dhar

पहिलाे खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गर्‍यो । थाइल्याण्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन् । उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदान दिइएकी हुन् ।

नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रनको योगफल बनाएको थियो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउनुभयो । उहाँले ५६ बलमा छ चौका प्रहार गर्दै ४४ रन बनाउनुभएको हो । त्यस्तै सम्झना खड्काले ११ बलमा २६ रन बनाउनुभयो । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन भने पूजा महतोले १२ रन बनाउनुभयो । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई र चनिँदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोग्रातानाले समान एकरएक विकेट लिएका हुन् । नेपाल आफ्नो दोस्रो खेल यही माघ ८ गते नेदरल्याण्डसँग खेल्नेछ । रासस

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.