Alag Dhar

विवाहेत्तर र सम्बन्धका कारण प्रेमीलाई दुबईबाट बोलाएर श्रीमान् र सासुको हत्या

काठमाडौं । बारामा एकै परिवारका आमाछोराको हत्यामा बुहारीको मुख्य भूमिका रहेको निष्कर्ष प्रहरीले निकालेको छ ।

विवाहेत्तर सम्बन्धका कारण बुहारीले प्रेमीको सहयोगमा श्रीमान् र सासुको हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

१४ माघको बिहानीपख २ बजेतिर परवानीपुर गाउँपालिका–१ रहरिया हिडमा बस्ने ४६ वर्षीय सुमीत्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको हत्या भएको थियो । उनीहरुको घरमा अपरिचित ५ जनाको समूह प्रवेश गरी चक्कु प्रहार गरी हत्या गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

चक्कु प्रहारको आक्रमणबाट सुमीत्राका श्रीमान् ५० वर्षीय जगरुप मण्डल र २१ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका थिए । उनीहरुको अहिले पनि उपचार जारी छ ।

प्रहरी अनुसन्धानका क्रममा आमाछोराका हत्या सोही घरकी बुहारी अर्थात मृतक राम ईश्वरकी श्रीमती २३ वर्षीया मनिता देवी मण्डलको भूमिका रहेको देखिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए । आफ्नो विवाहत्तेर सम्बन्धका कारण दुबईदेखि प्रेमीलाई बोलाएर श्रीमान् र सासुको हत्या गरिएको र नन्द र ससुरालाई घाइते बनाइएको एसपी कँवर बताउँछन् ।

विवाहत्तेर पनि मनिता बाराकै प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनीहरुको सम्बन्ध परिवारमा थाहा भएपछि विवाद भएको थियो । त्यसैको बदलामा दुबईमा रहेका आफ्ना प्रेमी धर्मेन्द्रलाई बोलाएरु मनितालाई श्रीमान र सासुको हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

हत्या गर्ने योजना बनाएपछि मनिताले दुबईमा रहेको प्रेमीलाई नेपाल बोलाएकी थिइन् । त्यसपछि धर्मेन्द्र ११ माघमा मात्रै काठमाडौं आइपुगेका थिए । नेपाल आए पनि घर परिवारको सम्पर्कमा नगई धर्मेन्द्र मनिताको सम्पर्कमा पुगेका थिए । अनि योजना बनाएर १४ माघको राति हत्या गरिएको प्रहरीले बताएको छ ।

अहिले दुवै जनालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएरु प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

मुख्य समाचार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.