Alag Dhar

Day: २०८२ माघ १६, शुक्रबार ०८:१९

यी हुन् दाङबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

यी हुन् दाङबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा आफैं अनियन्त्रित भई घुमाउने भन्ने स्थानमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको…
Read More
नेकपा एमाले पहिलो पार्टी बन्छ : शंकर पोखरेल

नेकपा एमाले पहिलो पार्टी बन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गरे । प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उनको विश्वास छ । ‘अघिल्लो निर्वाचनमा नेकपा एमालेले २७, २८ प्रतिशत लोकप्रिय मत ल्याएको थियो । यसपटक त्यो बढेर ३० देखि ३४ प्रतिशतसम्म पुग्ने हाम्रो विश्लेषण छ,’ उनले भने, ‘बाँकी जनमत धेरै ठाउँमा विभाजित भयो भने हामी बहुमत ल्याउँछौं । थोरैमा बाँडियो भने हामी पहिलो पार्टी बन्नेछौं ।’ सामाजिक सञ्जालमा…
Read More
शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौं : सुनिता डंगोल

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौं : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताएकी हुन् । उनले शहीदहरूको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताइन् । उनले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरूको बलिदानकै कारण सम्भव भएको बताइन् । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको उनले बताइन्। ‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो ।…
Read More
विवाहेत्तर र सम्बन्धका कारण प्रेमीलाई दुबईबाट बोलाएर श्रीमान् र सासुको हत्या

विवाहेत्तर र सम्बन्धका कारण प्रेमीलाई दुबईबाट बोलाएर श्रीमान् र सासुको हत्या

काठमाडौं । बारामा एकै परिवारका आमाछोराको हत्यामा बुहारीको मुख्य भूमिका रहेको निष्कर्ष प्रहरीले निकालेको छ । विवाहेत्तर सम्बन्धका कारण बुहारीले प्रेमीको सहयोगमा श्रीमान् र सासुको हत्या गरेको प्रहरीको निष्कर्ष छ । १४ माघको बिहानीपख २ बजेतिर परवानीपुर गाउँपालिका–१ रहरिया हिडमा बस्ने ४६ वर्षीय सुमीत्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको हत्या भएको थियो । उनीहरुको घरमा अपरिचित ५ जनाको समूह प्रवेश गरी चक्कु प्रहार गरी हत्या गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । चक्कु प्रहारको आक्रमणबाट सुमीत्राका श्रीमान् ५० वर्षीय जगरुप मण्डल र २१ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका थिए । उनीहरुको अहिले पनि…
Read More
शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने–पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने–पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह९बालेन०ले ८५ वर्षसम्म पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् । शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै बालेनले यस्तो टिप्पणी गरेका हुन् । ‘राणाशासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ,’ बालेनले भनेका छन्, ‘त्यसको १० वर्षपछि राणाशासनको अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन। त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।’ पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन…
Read More
सुनमा ठूलो गिरावट, बुधवारको भाउमा पुन: कारोबार

सुनमा ठूलो गिरावट, बुधवारको भाउमा पुन: कारोबार

मकवानपुर । हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज त्यति नै घटेर अस्ति बुधवारको भाउमा कारोबार भइरहेको छ । हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार पनि सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि हिजोको तुलनामा घटेर तोलाको ७ हजार ६५ रुपैयाँमा कायम भएको छ । हिजो…
Read More
मुग्लिन–नारायणगढ सडकमा बस पल्टियो, ३८ यात्रु घाइते

मुग्लिन–नारायणगढ सडकमा बस पल्टियो, ३८ यात्रु घाइते

मकवानपुर । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ । बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।
Read More
देशभर शहीद दिवस मनाइँदै

देशभर शहीद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते आइतबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.