Alag Dhar

शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने–पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह९बालेन०ले ८५ वर्षसम्म पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् । शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

‘राणाशासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ,’ बालेनले भनेका छन्, ‘त्यसको १० वर्षपछि राणाशासनको अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन। त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।’

पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन नसकेको उनले बताएका छन् । ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेन–जी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो,’ बालेनले भनेका छन् ।

अहिले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढेको बालेनले दाबी गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।’ राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व आफूसँग भएको उनले दाबी गरेका छन् ।

‘यी शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन,’ उनले अगाडि लेखेका छन्,‘अब समय आएको छ–शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।’

ऋब सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय रहेको उनले भनेका छन् । ‘फेरि कसैले शहीद बन्नु नपरोस् । सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली,’ बालेनले भनेका छन् ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.