Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

मकवानपुर । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
हेटौंडा अस्पतालमा नवजात शिशुको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

हेटौंडा अस्पतालमा नवजात शिशुको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

मकवानपुर । हेटौंडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको नवजात शिशुको मृत्यु भएको छ । परिवारले अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन्।  परिवारका अनुसार सामान्य प्रसूति भएर जन्मिएको शिशु र आमा दुवैको अवस्था सामान्य थियो। घर जान खोज्दा अस्पतालले नछाडेको र भोलिपल्ट शिशुलाई एनआईसीयुमा भर्ना गरिएको उनीहरूको भनाइ छ। एनआईसीयुमा रहँदा शिशुको नियमित चिकित्सकीय निगरानी नभएको र नर्सहरू समयमै उपस्थित नहुने गरेको आरोप परिवारले लगाएका छन्। शिशुका बाबु विशाल ओलीका अनुसार पुस १ गते बिहान साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई ‘हिटरमा राख्नुपर्छ’ भन्दै न्यानो उपकरणमा राखिएको थियो । उनका अनुसार बिहानको समयमा वार्डमा न त नर्स…
Read More
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, प्राविधिक भन्छन्- चार बज्न सक्छ

एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, प्राविधिक भन्छन्- चार बज्न सक्छ

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ । तर विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको नामावली तयार पार्नुपर्ने भएकाले पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान हुने प्राविधिकहरुले बताएका छन् । ‘अन्तिम नामावली ढिला गरी राति एक बजे पायौं । अहिले फोटो मिलाउने काम भइरहेको छ,’ भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले भने, ‘मतदान सुरु हुन चार बज्छ होला ।’ उनका अनुसार एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्छ । ‘उम्मेदवार धेरै हुनुहुन्छ ३०–३५ मिनेट त लाग्छ,’…
Read More
एमाले महाधिवेशनस् को–को भए निर्विरोध ?

एमाले महाधिवेशनस् को–को भए निर्विरोध ?

मकवानपुर । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्। युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतमको मात्र उम्मेदवारी परेकोले उनी पनि निर्विरोध भएका छन्। मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाहको मात्र उम्मेदवारी परेकोले उनीहरू पनि निर्विरोध भएका छन्। मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी निर्विरोध भएकी छिन्। श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र…
Read More
आजबाट बाघ गणना हुँदै

आजबाट बाघ गणना हुँदै

मकवानपुर । आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो । गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो । सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो । बाघको गणना चैतसम्म चल्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा…
Read More
एमाले ११औँ महाधिवेशन: निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

एमाले ११औँ महाधिवेशन: निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गरेको हो। प्रकाशित नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्। ५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा। विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर…
Read More
एमाले निर्वाचनको मतदान २ बजेभित्र शुरू हुने

एमाले निर्वाचनको मतदान २ बजेभित्र शुरू हुने

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको कार्यतालिका अनुसार दिउँसो २ बजेबाट मतदानको तयारीमा केन्द्रीय निर्वाचन आयोग जुटेको छ । ढिलोमा २ बजेबाट मतदान शुरु गराउनका लागि आयोगले काम गरिरहेको जनाएको छ । विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली हस्तान्तरण गरेको आयोगका सदस्य कुन्साङ लामाले बताए । सबै नामावली सेट गर्न १२ घण्टाको समय माग गरेका कारण ढिलोमा २ बजेभित्र मतदान शुरू गर्ने लामा बताउँछन् । बुधबार भृकुटीमण्डपको परिसर अर्कै कार्यक्रमका लागि बुक भइसकेका कारण आज राति नै यो स्थल छोड्नुपर्ने बाध्यता छ । त्यसैले मतदान आरम्भ २ बजेभन्दा ढिलो नहुने लामाले बताए ।
Read More
एमाले अध्यक्षमा ओली र पोखरेलको भिडन्त

एमाले अध्यक्षमा ओली र पोखरेलको भिडन्त

मकवानपुर । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् । दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए । पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
Read More
चितुवा पासोमा फसेको अवस्थामा भेटियो

चितुवा पासोमा फसेको अवस्थामा भेटियो

मकवानपुर । बैतडी जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडी क्षेत्रमा जंगली जनावरका लागि थापिएको पासोमा चितुवा फसेको अवस्थामा फेला परेको छ । स्थानीयले थापेको पासोमा करिब तीन वर्षको चितुवा परेको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । चितुवा आइतबार राति पासोमा परेको भएपनि घटना सोमवार बिहान मात्रै थाहा भएको वहाँले जानकारी दिनुभयो । सूचना पाएलगत्तै सिगास सब–डिभिजन वन कार्यालय गाजरीबाट प्राविधिक टोली घटनास्थलमा खटिएको गिरीले जानकारी दिनुभयो । चितुवाको अगाडिको दायाँ खुट्टा पासोमा अड्किएको बताएको छ । उद्धार कार्यका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा कञ्चनपुरसँग समन्वय भइसकेको र सम्भवतस् आजै साझ सम्म उद्धार गरिने…
Read More
ईश्वर पोखरेलको टिममा मकवानपुरबाट २ नेताको उम्मेदवारी

ईश्वर पोखरेलको टिममा मकवानपुरबाट २ नेताको उम्मेदवारी

मकवानपुर । नेकपा एमालेको ११औं महाधिवेशनमा निर्वाचनको कार्यक्रम भइरहेको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर आमनेसामने हुँदैछन् । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ११ औँ राष्ट्रिय महाधिवेशनको लागि पोखरेलको प्यानलमा मकवानपुरबाट २ जनाको उम्मेदवारी रहने भएको छ। सार्वजनिक उम्मेदवारको सूचिमा मकवानपुरबाट कृष्ण दाहाल खुल्ला सदस्य र दिलकृष्ण बि।क दलित सदस्यको उम्मेद्धवार बन्ने भएका हुन। अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.