Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पार्टी सभापति देउवाको अनुपस्थितिमा कांग्रेस बैठक

पार्टी सभापति देउवाको अनुपस्थितिमा कांग्रेस बैठक

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकार तथा पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । भदौ २४ गते सभापति देउवामाथि कुटपिट हुनुका साथै बूढानीलकण्ठमा रहेको उहाँको निवासमा आगजनी गरिएपछि उहाँ सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन । सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय २०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि पार्टी कार्यालयमा बसेको यो पहिलो बैठक हो । जलेको भवनको एउटा कोठामा मर्मत गरी रङरोगन लगाएपछि बैठक बसेको जानकारी दिइएको छ । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू सहभागी हुनुहुन्छ । कांग्रेसको यो पदाधिकारी बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिका बैठकका लागि विषयहरू…
Read More
हुलाकलाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

हुलाकलाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

मकवानपुर ।सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने बताउनुभएको छ । एक सय ५१ औं विश्व हुलाक दिवस, २०२५ को अवसरमा ‘नागरिकका लागि हुलाक स् स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने मूल नाराका साथ हुलाक सेवा विभागले बिहीबार आयोजना गरेको ‘हुलाक टिकटमा टाँचा प्रदान तथा बृहत हुलाक टिकट प्रदर्शनी कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “विश्वव्यापीरुपमा हुलाकको कुरा गरिराख्दा मलाई के लाग्छ भने हुलाकलाई आधुनिक बनाउने, प्रतिस्पर्धी बनाउनुपर्छ र हुलाकलाई व्यावसायिक बनाउनु पर्छ । यो जुन अभियान हामीले अगाडि बढाउँदैछौं, विश्वव्यापीरुपमा यसको पहुँच बढाउन सक्छौं ।” हुलाकले ऐतिहासिक एवम् गर्विलो इतिहास बोकेको…
Read More
कृषकलाई धानबाली भित्र्याउने चटारो

कृषकलाई धानबाली भित्र्याउने चटारो

मकवानपुर । जिल्लाका किसानलाई अहिले धानबाली भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिबेला किसानहरु धान भित्र्याउने चटारो छ । पानी पर्ने मौसम पूर्वानुमानले धान नकाटी बसेका किसान अहिले धान काट्न र थ्रेसर लगाउन व्यस्त छन् । दसैंअघि नै पाकिसके पनि पानी पर्ने पूर्वानुमानले धान नकाटेको र अहिले धान भित्र्याउन चटारो भएको किसान रिमबहादुर घर्तीले बताउनुभयो । “पानी पर्ने डरले धान काटिएन” उहाँले भन्नुभयो, “अहिले काम गर्न भ्याइनभ्याई छ ।” तिहारअघि नै धानबाली भित्र्याउन सबै किसान लागिपरेको उहाँको भनाइ छ । सिँचाइको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ । अझ…
Read More
पूर्व उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर

पूर्व उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ लिई संस्थालाई आर्थिक हानि पुर्‍याएको आरोपमा विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको जानकारी आयोगले दिएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार, एमआरआई मेसिन खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को उल्लङ्घन गर्दै बदनियतपूर्वक निर्णय, प्रक्रिया र मूल्याङ्कन गरिएकाले प्रतिष्ठानलाई करिब ६२ लाख रुपियाँभन्दा बढी आर्थिक क्षति पुर्‍याइएको ठहर गरिएको हो। मेसिन खरिदमा खरिद आवश्यकताको पहिचान र गुरुयोजना बिना बजेट माग, निश्चित कम्पनीलाई मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेसन…
Read More
लमजुङमा ४७ जनामा डेंगु संक्रमण पुष्टि

लमजुङमा ४७ जनामा डेंगु संक्रमण पुष्टि

मकवानपुर । लमजुङमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । असोज २२ गतेसम्म जिल्लामा ४७ जना डेङ्गु संक्रमित भएका छन् । बेसीसहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार असोज १ गतेदेखि २२ गतेसम्म जिल्लामा ४७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको पाइएको छ । सदरमुकाम बेसीशहरमा मात्रै असोज महिनामा २५ जना डेङ्गुका विरामी अस्पताल पुगेको प्रदेश जनस्वास्थ्य कार्यलय लमजुङका प्रमुख प्रविण कुमार खनालले बताउनुभयो । त्यस्तै सुन्दरबजारमा १४ जना, राइनासमा ४ जना र मध्यनेपालमा ४ जना डेङ्गु संक्रमित भेटिएको जनस्वास्थ्य…
Read More
इजिप्ट चौथो पटक फिफा विश्वकपमा छनोट

इजिप्ट चौथो पटक फिफा विश्वकपमा छनोट

मकवानपुर । इजिप्ट सन् २०२६ को फिफा विश्वकपमा छनोट भएको छ । अफ्रिकन छनोटअन्तर्गत लार्बी जाउली रङ्गशालामा बुधबार राति भएको समूह ‘ए’ को खेलमा इजिप्टले डिजिबुटीलाई ३–० गोलले हरायो । इजिप्टको जितमा कप्तान मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गर्नुभयो । एकपक्षीय खेलमा कप्तान सलाहले १४औँ र ८४औँ मिनेटमा दुई गोल गर्नुभएको हो । यसअघि आठौँ मिनेटमा इब्राहिम एडेलले सुरुवाती गोल गर्नुभएको थियो । खेलभर इजिप्टको दबाब झेलेको डिजिबुटीले गोल गर्न लायक अवसर बनाउन सकेन । जितसँगै समूहको शीर्षस्थानमा रहेको इजिप्टले नौ खेलबाट २३ अङ्क बनाएको छ । यो दोस्रो स्थानमा रहेको सियरा लियोनकोभन्दा पाँच अङ्कले माथि हो । अब सबै टोलीले…
Read More
एक सयभन्दा बढी प्रहरीको निःशुल्क आँखा परीक्षण

एक सयभन्दा बढी प्रहरीको निःशुल्क आँखा परीक्षण

मकवानपुर ।जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत करिब एक सय जनाभन्दा बढी प्रहरीको निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको छ । विश्व दृष्टि दिवस तथा ७० औं प्रहरी दिवसको अवसरमा आँखा जाँच तथा चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ डा. रामप्रसाद आँखा अस्पताल धनकुटाको आयोजनामा आँखा जाँच कार्यक्रममा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी पोष्टमा कार्यरत करिब एक सयभन्दा बढीको निशुल्क जाँच गरी चस्मा समेत वितरण गरिएको थियो । दैनिक जनताको सेवामा खटिने प्रहरीलाई सहज र सरल होस् भन्ने उद्देश्यले निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको डा।रामप्रसाद पोख्रेल अस्पतालका केन्द्रीय प्रवक्ता द्रोणप्रसाद गुरागाईंले…
Read More
पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

मकवानपुर । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला पर्नुभएको छ । ७० वर्षीय पूर्व वडा अध्यक्ष नरबहादुर दाहाल मृत अवस्थामा फेला पर्नुभएको हो । बिहीबार बिहान करिब ७ः३० बजे दाहाल घर नजिकैको बाटो हिँड्ने क्रममा बाटोभन्दा करिब पाँच फिट तल रहेको कोदो बारीमा लडी घोप्टो अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको जानकारी सोही वडाका वडा अध्यक्ष पूर्णकुमार लिम्बूले बिहान करिब ८ः४५ बजे टेलिफोन मार्फत दिनुभएको थियो । मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

मकवानपुर । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । यसैगरी रसुवाको…
Read More

च्याउटारबेसीमा पहिरोबाट १५ घर उच्च जोखिममा

मकवानपुर । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ च्याउटारबेसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन् । यहि असोज १७ र १८ गतेको अबिरल वर्षाका कारण उक्त बस्ति माथिबाट गएको पहिरोका कारण ती घर परिवार जोखिममा परेको हो । असोज १८ गते बिहान गएको उक्त पहिरोबाट निरबहादुर पाण्डेको गोठ र सौचालय भत्किएर क्षति पुगेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, उक्त बस्तीका कुन्जरमणि बराल, ज्वालाप्रसाद न्यौपाने, ठाकुरप्रसाद न्यौपाने, सुरेस न्यौपाने, सुरेन्द्र न्यौपाने, शान्तिप्रसाद न्यौपाने लगायतको घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेका परेका परिवार बस्नका लागि अन्यत्र ठाउँ(घर) नभएकाले राति सुत्न सुरक्षितस्थान खोज्दै जाने गरेको र दिउँसो आफ्नै घरमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.