Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
फरार कैदी पाँच वर्षपछि पक्राउ

फरार कैदी पाँच वर्षपछि पक्राउ

मकवानपुर ।वडा प्रहरी कार्यालय वालिङबाट कैद तथा जरिवाना सजाय तोकिएर पाँच वर्षपछि एक जना फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले साविक निवुवाखर्क गाविस –३ र हाल गल्याङ नगरपालिका –५ बस्ने श्याम बहादुर थापालाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चोधरीले जानकारी दिनुभयो । २०७७ साल साउन १७ गते जिल्ला अदालतबाट चार दिन कैद र ११ लाख ५० हजार रुपियाँ जरिवाना सजाय तोकेकोमा थापा फरार भएसँगै भुक्तान गर्न बाँकी रहेको थियो । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ स्याङ्जा प्रहरी निरन्तर सक्रिय रहेको र सोही अनुसार थापालाई समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।…
Read More
बिपी राजमार्गमा आज दिउँसोसम्म ट्रयाक सकिने, शनिबारबाट गाडी चल्ने

बिपी राजमार्गमा आज दिउँसोसम्म ट्रयाक सकिने, शनिबारबाट गाडी चल्ने

मकवानपुर ।यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्ण रुपमा अवरुद्ध भएको बिपी राजमार्ग शनिबार बिहानबाट सञ्चालनमा आउने भएको छ । क्षतिग्रस्त बिपी राजमार्गलाई शनिबारबाट सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन भक्तपुर र सडक पुनर्निर्माणको ठेक्का पाएका निर्माणल व्यवसायीहरुले अस्थायी डाइभर्सन बनाउने कामलाई तीव्रता दिएका हुन् । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले आज (शुक्रबार) दिउँसोसम्म अवरुद्ध भएको बिपी राजमार्गको सबै स्थानमा अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न हुने बताउनुभयो । उहाँले अवरुद्ध राजमार्ग सुचारु गर्नका लागि अहिले राजमार्गअन्तर्गतको चार सय बेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, चौकीडाँडा, बोक्सीकुना, माम्ती, मङ्गलटारमा काम भइरहेको बताउनुभयो । “चार सय…
Read More
एकीकृत समाजवादीको  बैठक  पनि आजै बस्दै

एकीकृत समाजवादीको बैठक पनि आजै बस्दै

मकवानपुर । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले राससलाई जानकारी दिनुभयो । लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उहाँले बताउनुभयो ।
Read More
रुपनीमा भीषण आगलागी : छ घर जलेर नष्ट, ५० लाखभन्दा बढीको क्षति

रुपनीमा भीषण आगलागी : छ घर जलेर नष्ट, ५० लाखभन्दा बढीको क्षति

मकवानपुर । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब ५० लाख ३० हजार रुपियाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ । बिहीबार राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगो तीव्र गतिमा फैलिँदै ललित यादवका छोराहरू र छोरीको घरमा समेत पुगेपछि घरहरु जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रण गर्न स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलले सहयोग गरेका…
Read More
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ः०० बजे हुँदैछ । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ ।
Read More
रकम रोकिँदा उपचार सेवा ठप्प हुने अवस्था

रकम रोकिँदा उपचार सेवा ठप्प हुने अवस्था

मकवानपुर । दुई हप्ताअघि भेरी अस्पतालको एमआरआई सेवा एक हप्तासम्म ठप्प भयो । भेरी अस्पतालले सप्लायर्सहरूलाई समयमै रकम भुक्तानी दिन नसक्दा सेवा ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट निराजन सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालमा स्वास्थ्य सेवा विभागले विपन्न नागरिक उपचारका लागि छुट्याएको रकम पठाएको छैन । सप्लायर्सहरूको बक्यौता अस्पतालले तिर्न सकेको छैन । पैसा नहुँदा हामीलाई स्वास्थ्य सामग्री तथा उपकरणहरू दिने कम्पनीले उधारोमा सामग्री दिएनन् । त्यही कारण समस्या आएको हो ।’ ‘सेवा नै बन्द भएपछि तीन महिनाको रकम आयो । त्यसले अलि भए पनि उधारो तिर्न सकियो र २–३ हप्तालाई पुग्ने सामान मगाउन सक्यौं । त्यसपछि के…
Read More
पानीमा डुबेर वृद्धको ज्यान गयो

पानीमा डुबेर वृद्धको ज्यान गयो

मकवानपुर । बर्दियामा ६० वर्षीय एक ज्येष्ठ नागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–१, बडकी टडुवाकी क्याउली थरुनी रहनुभएको छ । गत आइतबारदेखि हराइरहेकी क्याउलीको खोजतलास गर्नेक्रममा सिँचाइ नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला पर्नुभएको हो । उनी घरदेखि आठसय मिटर पश्चिमतर्फ सिँचाइ नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताउनु भयो । उहाँले मृतक थारुनीको शव बर्दिया अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको बताउनुभयो ।
Read More
पौने चार सय कैदीबन्दी फर्के, तीन सय अझै फरार

पौने चार सय कैदीबन्दी फर्के, तीन सय अझै फरार

मकवानपुर । कैलाली कारागारबाट भागेका ३७३ जना कैदीबन्दी कारागार फर्केका छन् । स्थानीय प्रशासनले फर्कनका लागि तोकेको समय सीमासम्म सो सङ्ख्यामा कैदीबन्दी फर्केका हुन् । कारागारबाट फरार भएका कैदीलाई फर्कन स्थानीय प्रशासनले असोज २० गतेसम्मको समय सीमा दिएको थियो । फर्केकामध्ये ११ जना कैद भुक्तान गरेर छुटिसकेका छन् । कैदीबन्दीलाई फर्कन तोकिएको समय सीमा सकिएकाले नफर्केका कैदीबन्दीलाई अब पक्राउ गरिने जेलर चिरञ्जिवी सापकोटाले बताउनुभयो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६६ जना कैदीबन्दी फरार भएका थिए । अझै २९२ कैदीबन्दी फरार रहेका छन् ।
Read More
डाइभर्सन बनाएर हुलाकी राजमार्ग सुचारु

डाइभर्सन बनाएर हुलाकी राजमार्ग सुचारु

मकवानपुर । सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम हुलाकी राजमार्गमा भाइभर्सन बनाएपछि बिहीबारबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालन हुन थालेका छन् । भीषण वर्षापछि गत शनिबार राति लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा गाउँ नजिकै १५० मिटर पक्की सडक बगाएको थियो । उक्त स्थानमा हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाले समन्वय गरी अस्थायी डाइभर्सन निर्माण गरेसँगै बिहीबार बिहानबाट चार पाङ्ग्रे सवारी साधन गुड्न थालेका हुन् । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले दुई दिन र दुई रातको अथक प्रयासपछि डाइभर्सन निर्माण गरेर राजमार्ग सुचारु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘वान वे’ अर्थात् एक…
Read More
स्वर्ण विजेता एरिकालाई स्वागत

स्वर्ण विजेता एरिकालाई स्वागत

मकवानपुर । मलेसियामा भएको विश्व कराते सिरिज–१ मा स्वर्ण पदक विजेता एरिका गुरुङलगायत खेलाडी टोलीलाई स्वागत गरिएको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता एरिकाले ६८ केजीमाथि स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० ले हराउँदै स्वर्ण जित्नुभएको हो । बुधबार राति स्वदेश फर्कनुभएकी एरिकालगायत टोलीलाई नेपाल कराते महासङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेर भब्य स्वागत गरेका हुन् । एरिकाले रिज–१ को प्रिक्वाटरफाइनलमा पोर्चुगलकी लोरेनजो हेलना, क्वाटरफाइनलमा जर्मनीकी रोहलमान चार्लोट र सेमिफाइनलमा चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई पराजित गर्नुभएको थियो । हिमालयन वारियर नामले प्रख्यात एरिका १९औँ एसियाली खेलकुदमा रजत पदक जितेर चर्चामा आउनुभएको थियो । त्यसपछि उहाँले २०औँ सिनियर एकेएफ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.