Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आजको मौसम

आजको मौसम

मकवानपुर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
१३ गतेसम्म अनुदानको रकम नपाए  मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने उखु किसानको चेतावनी

१३ गतेसम्म अनुदानको रकम नपाए मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने उखु किसानको चेतावनी

मकवानपुर । नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरूले मंसिर १३ गतेभित्र पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाए र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिए आन्दोलनमा उत्रिने बताएका हुन् । ‘विगत सालको ३५ रुपैयाँ प्रतिक्विन्टलको दरले हुन आउने ७५ करोड अनुदान रकम हाम्रो बाँकी छ । त्यो अनुदान रकम यही १३ गते ९मंसिर० भित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं,’ किसान महेशचन्द्र यादवले भने । उखुको उत्पादन मूल्य लागतको आधारमा चिनीको बजार मूल्यलाई समेत दृष्टिगत गरी नेपाल सरकार, चिनी…
Read More
रौतहटमा एक युवकको  करेन्ट लागेर  मृत्यु

रौतहटमा एक युवकको करेन्ट लागेर मृत्यु

मकवानपुर । रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा एक युवकको माइकमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मंगलवार राति करेन्ट लागेर गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राति करिब पौने १० बजेको समयमा रामबहादुर महतोका छोरा गणेश महतोले आफ्नै घरमा माइकको तार जडान गर्ने क्रममा अचानक विद्युत् प्रवाहमा परेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नेशनल हस्पिटल विजयपुरमा उपचार गरिएपछि थप उपचारका लागि कोल्हवी बारातर्फ लगिएको थियो। प्रहरीलाई घटना सम्बन्धी जानकारी प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी टोली स्थानीय अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी…
Read More
एमालेद्वारा प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि दल दर्ता

एमालेद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिनुभएको हो । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिनुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ ।
Read More
बकैया गाउँपालिकामा नयाँ प्रशासनिक भवनको निर्माण

बकैया गाउँपालिकामा नयाँ प्रशासनिक भवनको निर्माण

मकवानपुर । एउटै छानाबाट पालिकाको सेवाहरु उपलब्ध गराउने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा रहेको एक गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सकेको छ । उक्त भवनको बुधबार उद्घाटन कार्यक्रम रहेको छ । जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले ठूलो बकैया गाउँपालिकाको केन्द्र रहेको हात्तीसुँडेमा चार तले ३२ कोठे भवन निर्माण गरिएको छ । २०७९ असारदेखि निर्माण कार्य सुरु गरिएको थियो । पछिल्लो पटकको म्याद थप अनुसार ०८२ भदौ मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने थियो । उक्त समयमै निर्माण कार्यसकेर पालिकालाई भवन हस्तान्तरण गरिसकेको छ । तर ‘उद्घाटन गर्न बाँकी थियो बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले भने‘बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम…
Read More
हेटौँडा सडक विस्तारका लागि हेभी इक्विप्मेन्ट डिभिजन तयारीमा

हेटौँडा सडक विस्तारका लागि हेभी इक्विप्मेन्ट डिभिजन तयारीमा

मकवानपुर । हेटौँडाको सडक विस्तार गर्न हेभी इक्विप्मेन्ट डिभिजन हेटौँडा तयारी अवस्थामा रहेको बताइएको छ । डिभिजन सडक कार्यालयले सडक विस्तार गर्न सडकको क्षेत्राधिकारभित्र रहेका भौतिक संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेभि इक्विप्मेन्ट डिभिजन तयारी अवस्था रहेको बताइएको छ । घर भत्काउने र सडक निर्माणलगायतका कार्यका लागि आवश्यक पर्ने मेशिनरी र गाडीहरु आफूहरुसँग पर्याप्त मात्रामा रहेको हेभी इक्विप्मेन्ट डिभिजन हेटौँडाका सूचना अधिकारी बरुणकुमार साहले जानकारी दिनुभयो । पछिल्लो समय हेटौँडाको मुख्य बजार क्षेत्र भएर जाने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको विस्तारको चर्चाले बजार तातेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार सडक सीमा खाली गर्न १५ दिनको म्याद…
Read More
‘सुशासनलाई बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

‘सुशासनलाई बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरुबाट भदौ २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकाले नै यो त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएका बताउनुभएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ कार्यक्रममा आफ्नो उद्घाटन मन्तव्य राख्नु हुँदै मन्त्री अर्यालले सो कुरा बताउनु भएको हो । अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्त्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको बताउनुहुँदै, मन्त्री अर्यालले सुशासन प्रवर्धन गर्दै निर्वाचन…
Read More
एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने

एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने

मकवानपुर । नेकपा एमालेले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी शुल्कमा सीमा तोकेको छ । संगठन विभागले उम्मेद्वारी शुल्क एक हजार भन्दा बढी नउठाउन निर्देशन दिएको छ। केही जिल्लाहरुमा अस्वभाविक शुल्क लिइएको गुनासो आएपछि शुल्क सीमा तोकेको हो। संगठन विभागले प्रतिनिधि छनोट १३ मंसिरमै सक्न पनि निर्देशन दिएको छ। त्यसका निम्ति सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य प्रकाशन गर्ने, त्यो सूची केन्द्रीय संगठन विभागलाई जानकारी गराउने र १२ मंसिर साँझसम्म सर्वसहमतिको प्रयास गर्न निर्देशन दिइएको छ। आगामी मंसिर २७-२९ मा हुने एघारौं महाधिवेशनका १३ मंसिरमा एकैदिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछ । महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ…
Read More
एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

मकवानपुर । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ । लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ । चितवन राइनोज पाचौँ, कर्णली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ । दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको…
Read More
कञ्चनपुरमा १२ हजारभन्दा बढी मतदाता थपिए

कञ्चनपुरमा १२ हजारभन्दा बढी मतदाता थपिए

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा १२ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय गत शुक्रबार सकिएको थियो । शुक्रबारसम्म जिल्लामा १२ हजार ३२ नयाँ मतदाता दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । यसमध्ये चार हजार १९९ जनाको नाम बायोमेट्रिक्समार्फत र सात हजार ८३३ जनाको नाम राष्ट्रिय परिचयपत्रमार्फत दर्ता गरिएको कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताउनुभयो । उहाँका अनुसार, दुई हजार ५१३ पुरुष र एक हजार ६८६ गरी चार हजार १९९ जनाले कार्यालयमा आएर फोटो खिचाएर नामावली दर्ता गराएका थिए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.