२०८२ कार्तिक १४, शुक्रबार ०८:५५
२०८२ कार्तिक १४, शुक्रबार ०८:५५
मकवानपुर । सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ । पालिकाले बाल विवाह न्यूनीकरणका लागि २० वर्ष पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने किशोरी तथा विवाह नगरी बसेका महिलालाई उक्त भत्ता उपलब्ध गराउन लागेको हो । बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्याउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । त्यस्ता किशोरी तथा अविवाहित महिलालाई उक्त रकम वितरण गर्न गाउँपालिकाले विहिबार १५ दिने सूचना आह्वान गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उक्त भत्ता वितरण…