Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार गरिएको जानकारी दिनुभयो । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उहाँले बताउनुभयो । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । उहाँका अनुसार तोकिएको समयभन्दा बढी कामका…
Read More
उच्च ज्वरो र स्क्रब टाइफसले दुईको मृत्यु

उच्च ज्वरो र स्क्रब टाइफसले दुईको मृत्यु

  मकवानपुर ।स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका–३, दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गजेन्द्र केसीलाई सुरुमा जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि बागचौरस्थित एक मेडिकलमा उपचार गरिएको थियो । तर औषधी सेवन गरेपछि उच्च ज्वरो नघटेकाले श्वास प्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । लक्षणअनुसार परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको…
Read More
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा. प्र.०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो । आइतबार राति उनको मृत्यु भएको प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

मकवानपुर ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकारको सुनिश्चितताका लागि व्यवसायीहरूलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्य सूची अनिवार्य राख्न पुनः निर्देशन गरेको छ । विभागले नियमित बजार अनुगमनका क्रममा धेरैजसो सामानहरूमा एमआरपी र मूल्यसूची नराखेको पाइएको भन्दै राख्नका लागि आग्रह गरेको हो । विभागका अनुसार विशेषगरी तिहारको समयमा अत्यधिक खपत हुने भाइ मसला, तामा–चाँदीका भाँडाकुँडा, झिलिमिली बनाउने विद्युतीय सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तुहरूमा एमआरपी लेबल वा मूल्य सूची नराखिएको पाइएको छ । यस्तो अवस्थाले उपभोक्ताहरूलाई ठगिन सक्ने र बजारमा मूल्य अनियमितता बढ्ने जोखिम रहने विभागको भनाइ छ । विभागले चाडपर्वको अवधिमा…
Read More
भारतीय फूलको आयातले बाँकेका पुष्प व्यवसायी संकटमा

भारतीय फूलको आयातले बाँकेका पुष्प व्यवसायी संकटमा

मकवानपुर । नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरु पछिल्ला केही वर्ष यतादेखि विस्थापित हुने क्रममा रहेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरु क्रमशः विस्थापित हुँदै गएका हुन् । केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यवसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमीहरु पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी महिला उद्यमी बिन्दु चर्तीमगरले बताउनुभयो । सीमापारिबाट आउने अवैध फूलमालाहरु स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसकेको तथा भारतबाट बिनाचेकजाँच, बिनाभन्सार र बिनाक्वारेन्टाइन अवैधरुपमा नेपाल आउने प्लाष्टिकलगायतका फूलमालाका कारण बाँकेका पुष्प व्यवसायीहरु मर्कामा परेको र विस्थापित हुँदै…
Read More
सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

मकवानपुर ।स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ । हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।
Read More
केरा बिक्री नहुँदा किसान मर्कामा

केरा बिक्री नहुँदा किसान मर्कामा

मकवानपुर । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुग्नुभएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित हुनुहुन्छ । सुरुआतमा दुई बिघाबाट केराखेती सुरु गर्नुभएका उहाँले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताउनुभयो । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उहाँले बताउनुभयो । बजारमा दर्जनलाई रु १२० बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने रु २५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताउनुभयो । “यो साल केरा बिक्री नहुँदा कारोबार घरेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ”, उहाँले…
Read More
विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा : आइडिएफ

विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा : आइडिएफ

मकवानपुर । इसराइली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ। केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए। आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो, राजदूत धनप्रसाद पण्डितले सेतोपाटीसँग भने, परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ। राजदुत पण्डितका अनुसार इसरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन। मृतक मध्ये केहीको शव भेटिएको छैन। भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए।…
Read More
हमासद्वारा जीवित बन्धकलाई हस्तान्तरण गर्न सुरु

हमासद्वारा जीवित बन्धकलाई हस्तान्तरण गर्न सुरु

मकवानपुर । प्यालेस्टिनी विद्रोही संगठन हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि सोमबार बिहान नेपालको समय अनुसार ११ बाट हस्तान्तरण गर्न सुरु गरेको छ । उसले घोषणा गरेका २० जनामध्ये पहिलो लटमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरिएको छ । रिपोर्टअनुसार ती सात जनामा गाली र जिभ बर्मन, माटान एङ्ग्रेष्ट, एलोन ओहेल, ओम्री मिरन, एइतान मोर र गाइ गिलबोआ–दलाल रहेका छन् । हमासको सैन्य शाखाले हाल गाजा सिटीमा रहेका इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिरहेको छ ।
Read More
हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन । बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यसप्रकार छन् स् बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.